CG Electronics
IME Life
NIMB

पार्टीभित्रैबाटै मेरो हुर्मत लिने काम भयो भन्दै ओलीले पार्टी फुट्ने सुनाए यस्तो गोप्य कुरा,नेकपा भित्र यसरी दन्कियो भुसको आगो

NIMB
Himalayan Bank

काठमाडौ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेताहरुबाट आफ्नो र सरकारको हुर्मत लिने काम सुरु भएको आरोप लगाएका छन्। र यहि ताल रहिरहे पार्टी फुट्ने संकेत समेत ओलीले दिएका छन्।

केन्द्रीय समिति बैठकको माग गर्दै पार्टीका १८ जना केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रका सम्बन्धमा अप्रत्यक्ष टिप्पणी गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।

‘केही केन्द्रीय सदस्यहरुले ज्ञापन पत्र बुझाएका रहेछ, यो कुरा मैले सबैभन्दा पहिले मिडियाबाट थाहा पाएँ’ बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बिहीबार पार्टी केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गर्दै ओलीले भने, ‘जसरी हुन्छ, मेरो हुर्मत लिने काम सुरु भएको छ, यो काम पार्टीभित्रैबाट पनि हुन थालेको छ।’

स्रोतका अनुसार, १८ केन्द्रीय सदस्यहरुको ज्ञापन पत्रले आफू र सरकारको मात्र होइन, परिवर्तनबाट प्राप्त उपलब्धिको समेत हुर्मत लिने काम गरेको संकेत ओलीले गरेका थिए।

‘सरकारको मात्र होइन, परिवर्तनबाट प्राप्त उपलब्धिकै हुर्मत लिने कामपनि पार्टीभित्रैबाट हुन थाल्यो’ ओलीको भनाई थियो, ‘पार्टीभित्रैबाट यस्तो हुनु चिन्ताजनक कुरा हो।’

केन्द्रीय समिति बैठकको माग गर्दै केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रमाथि ओली नकरात्मक रुपमा प्रस्तुत भएपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत नेताले ‘केन्द्रीय सदस्यहरुले उठाएका एजेण्डाहरुमाथि छलफल गरौँ’ भनेका थिए।

‘पार्टी एकता, सरकारको काम कार्वाहीबारे छलफलको एजेण्डा छँदैछ’ श्रेष्ठले भनेका थिए, ‘तपाईंले पार्टी अनुशासनको कुरा पनि उठाउँदै आउनु भएको छ। त्यसैले, सरकारको काम कारवाही, पार्टी एकता, केन्द्रीय सदस्यहरुको माग र तपाईंले उठाउनु भएको पार्टी अनुशासनको विषयलाई पनि बैठकको एजेण्डामा राखेर छलफल गरौँ।’

ओलीले केन्द्रीय सदस्यहरुको मागप्रति असन्तुष्टि र अन्य नेताहरुले उपरोक्त विषयलाई पनि बैठकको एजेण्डा बनाउनुपर्ने माग गरेपनि त्यस विषयमा हिजोको बैठकमा थप छलफल चाहिँ भएन।

हिजोको बैठकमा प्रदेश कमिटीलाई पूर्णता दिन गठन गरिएको कार्यदलको प्रतिवेदन पेश हुनुका साथै त्यस सम्बन्धमा छलफल भएको थियो। बैठक आजपनि बस्ने कार्यक्रम छ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...