CG Electronics
IME Life
NIMB

‘ए’ डिभिजन लिग चौथो चरणका खेलहरू आजदेखि शुरु

NIMB
Himalayan Bank

काठमाडौँ  । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

आजको पहिलो खेलमा दुई अपराजित टोली सङ्कटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा गर्नेछन् । सङ्कटा यसअघिका लगातार तीन खेल जित्दै ९ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ भने दुई जित र एक बराबरीको नतिजासहित आर्मी सात अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

यस्तै, एन्फा कम्प्लेक्समा हुने दोस्रो खेलमा चौथो स्थानको थ्रीस्टारले एनआरटीसँग खेल्दैछ । लगातार दुई खेल जितेर उत्कृष्ट ुशरुआत गरेको थ्रीस्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन ।

तेस्रो खेलमा हल्चोकस्थित एपिएफ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुवै टोलीले लिगमा अहिलेसम्म मिश्रित नतिजा निकालेका छन् । एक जीत, एक बराबरी र एक हारसँगै दुवै टोलीको समान चाररचार अङ्क रहेको छ ।

लिगअन्तर्गत चौथो चरणको खेलको पूर्वसन्ध्यामा सबै क्लबहरूले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले आफूहरू जित्नकै लागि खेल्ने बताएका छन् । एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले थ्रीस्टार बलियो क्लब रहेकाले ऊसँग बराबरीको नतिजाका लागि खेल्ने बताउनुभयो ।

त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरूको मुख्य लक्ष्य भेनेकै तीन अङ्क रहेको बताउनुभयो । “केही स्टार खेलाडी घाइते हुनाले आज आर्मीलाई केही अप्ठेरो पर्न सक्नेछ । नवयुग श्रेष्ठ घाइते छन्, सुमन अर्याल दोहोरो पहेँलो कार्डले खेल्न पाउँदैनन् भने प्रमोशनको चरणमा भएकाले जर्ज प्रिन्स कार्कीले लिगका बाँकी खेल खेल्न पाउने छैनन ।”

सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले तयारी राम्रो रहेकाले आज आर्मीविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताउनुभयो । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले च्यासल आफूहरूका लागि चुनौतीको टोली भएकाले बल पोजिसन राख्दै खेल आफ्नो पक्षमा राख्ने बताउनुभयो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...