१५ वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा एक पक्राउ
Tuesday Nov 27, 2018
वि.सं.२०७५ मंसिर ११ मंगलवार ०५:२७

ताप्लेजुङ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ ।
विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए ।






















