CG Electronics
IME Life
NIMB

एडिडास सहित ४२ फर्मविरुद्ध राजश्व चुहावटको मुद्दा, ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको बिगो दावी

NIMB
Himalayan Bank

राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एडिडाससहितका ४२ फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ।

विभागले राजश्व चुहावटसम्बन्धी गरेको अनुसन्धानमा ४२ वटा फर्महरु दोषी देखिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो।

विभागले साउन महिना यता राजस्व चुहावटका दोषी ४२ फर्मविरुद्ध ५ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बिगो दावी गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरेको हो।

विभागका महानिर्देशक दीर्घराज मैनालीले सञ्चारकर्मीसँग कुरा गर्दै ख्याती प्राप्त ब्राण्ड एडिडासले पनि राजश्व चुहवटा गरेको जानकारी दिए। उनका अनुसार एडिडासले सामान पैठारी गर्दा ७५ करोर रुपैयाँ बराबरको राजश्व छली गरेको हो।

राजस्व अनुसन्धान विभागले ४२ वटा फर्म र विभिन्न संघसंस्थाका ७७ व्यक्तिविरूद्ध समेत राजस्व चुहावटको अभियोग लगाएको छ।

विभागले बिगो र सजाय गरी ५ अर्ब ७७ करोड माग दावी गरेको छ। यीमध्ये ८ जना राजस्व प्रशासनका कर्मचारी संलग्न रहेको उल्लेख गरेको हो।

राजश्व अनुसन्धान विभागले साउनदेखि अनुसन्धान गरेको र यो रिर्पोट ४ महिनासम्मको रहेको जनाकारी गराएको हो।

विभागले दिएको जानाकारी अनुसार एडिडास कम्पनीको सामान पैठारी गर्ने मितेरी इन्टरनेशनल स्थायी लेखा नं ६०३०२५९६३ ले ७५ करोड ९६ लाख रुपैयाँ राजश्व छली गरेको हो। एडिडासको सामानमा राजश्व छली गर्नमा संलग्न रहेका रञ्जन त्रिपाठीलाई ७ करोड रुपैयाँको विगो दावीसहित १५ करोडको जरिवाना ३ वर्षको कैद माग गरिएको छ। त्यस्तै सुमन श्रेष्ठलाई १५ करोड जरिवानासहित ३ वर्षको कैद, धिरज कुमार थापा र पवित्रकुमार खड्कालाई पनि सोही अनुसारको जरिवाना र कैद सजाय विभागले माग गरेको हो।

त्यस्तै धनबहादुर तामाङ र डम्बरबहादुर श्रेष्ठलाई ७ करोड जरिवानासहित साढे १ वर्ष कैद सजाय माग भएको छ भने सुभान इन्टरनेसनलाई १८ लाख बिगोसहित त्यसमा संलग्न भरतबहादुर अर्याल, सुशील पाण्डे, सावित्री श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठलाई ३ वर्षको कैद सजाय माग भएको हो।

त्यस्तै छिरिङ ङटुप लामा र लोप्साङ तेन्गेले १० किलो सुन अबैध रुपमा आयत गरेकोमा ५४ करोड रुपैयाँको बिगो र तीन वर्ष कैद सजाय माग भएको छ। त्यस्तै अरुणकुमार दास र रोशन कुमार दासले विदेशी मुद्रको अवैध कारोबार गरी राजश्व छली गरेको आरोपमा २ अर्ब रुपैयाँको बिगो र ३ वर्षको कैद माग भएको छ।

त्यस्तै बहादुर तामाङले पनि ५ किलो सुन आयात गरी १२ करोड रुपैयाँ राजश्व छली गरेको भन्दै उनी विरुद्ध पनि बिगोसहित ३ वर्षको कैद माग भएको हो।

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...