CG Electronics
Ncell NPL
NIMB

विप्लवलाई चिढ्याउने कि फकाउने सरकार अलमलमा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं फागुन १३ । विप्लवका कारण अहिले सरकार अप्ठेरोमा परेको छ । सरकार आफ्नै रणनीतिका कारण अफ्ठ्यारोमा परेको हो । यही विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापाले छलफल गर्न अधिकार सम्पन्न राजनीतिक वार्ता समितिका संयोजक सोमप्रसाद पाण्ड्येलाई मन्त्रालय बोलाएका छन्।

असन्तुष्ट राजनीतिक समूहको नजरबाट आफूमाथि हुनकै लागि सरकारले वार्ता समिति गठन गरेको थियो। तर, वार्ता समितिको बेवास्ता गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो गतिविधि रोकेन। जसको कारण सरकार आफ्नै रणनीतिको धरापमा परेको छ ।

बोलेनन् प्रधानमन्त्री

देशमा भएका सामान्य घटनामा पनि आफ्नो धारणा व्यक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओली यही कारण अहिलेसम्म औपचारिकरुपमा बोल्न सकेका छैनन्। त्यतिमात्र होइन, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि यी घटनामा आफ्नो आधिकारिक धारणा व्यक्त गर्न सकेको छैन।

आफूलाई गृहमन्त्री थापाले छलफल लागि बोलाएको संयोजक पाण्डेयले बताए। केही दिनदेखि राजधानी बाहिर रहेकाले आज काठमाडौं पुग्नेवित्तिकै गृहमन्त्रीलाई भेटेर छलफल गर्ने उनले जानकारी दिए। गृहमन्त्रीसँग छलफल भएपछि मात्र अब के गर्ने भन्न सकिन्छ,ु संयोजक पाण्डेयले भने,घटनामा हाम्रो आधिकारिक धारणा पनि त्यसपछि नै सार्वजनिक हुन्छ।

गत भदौ ६ गते बसेकको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेकपाकै सांसद पाण्डेयको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुरुप समितिले सरकारबाट भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको म्यान्डेट पायो।

संयोजक पाण्डेयका अनुसार समितिको पहिलो प्रथामिकतामा विप्लव नेतृत्वको पार्टीसँग वार्ता गर्नु थियो। तर, दोस्रो पटक थपिएको म्याद पनि पुस ११ गते सकियो। समितिले विप्लव नेतृत्वको पार्टीलाई वार्तामा ल्याउन सकेन। यो रणनीति असफल भएपछि अब कस्तो रणनीति अवलम्बन गर्ने भन्ने विषयमा अन्योल देखिएको छ।

विप्लवलाई भेट्ने

तोकेको म्याद सकिएपनि आफूले अनौपचारिक रुपमा वार्ता गर्ने अधिकार प्रधानमन्त्रीबाट पाएको संयोजक पाण्डेय बताउँछन्। अब हामीले विप्लवसँगै भेट्ने तयारी गरिरहेका छौं, त्यतिन्जेल सरकार उहाँहरुमाथि नरम रुपमा प्रस्तुत हुन्छु, उनले भने।

यसअघि म्यान्डेट अनुरुप समितिले विप्लव नेतृत्वको पार्टीसँग पनि वार्ताको पहल गरिरहेको थियो। वार्ता गर्नकै लागि भनेर पक्राउ परेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई आफ्नो विशेष अनुरोधमा गृहमन्त्रालयले छोडेको समेत संयोजक पाण्डेयको दाबी छ। तर, वार्ता भइरहेका बेला देशभर विस्फोट विस्फोटका घटना भएका छन्। यी विस्फोटका घटनालाई नेकपाले जिम्मा लिइसकेको छ। विस्फोटमा एकजनाको मृत्यु र दुई जना घाइते भएका छन्।

सरकारले फसाउन खोज्यो

तर, विप्लव नेतृत्वको पार्टीले यस सरकारले समिति गठन गरेर आफूमाथि षड्यन्त्र गर्न लागेको आरोप लगाउँदै आएको छ। आफूलाई आफू प्रदेश(६ मा बसिरहेको बताउने विप्लव नेतृत्वको नेकपाका एक नेताले भने,ुअब सरकारको राजनीतिक वार्ता समितिको केही काम छैन, त्यो समिति हामीलाई फकाउन होइन फसाउन बनाइएको हो, यो कुरा हामीले राम्ररी बुझेका छौं ।

प्रहरी प्रशासनले भने सरकारको नरम नीतिका कारण आफूले काम गर्न नसकेको गुनासो गर्दै आएको छ। ‘स्पष्ट निर्देशन नहुँदा प्रहरी अलमलमा छ, घटनापछि अनुसन्धान गर्ने र पक्राउ गर्नेबाहेक अन्य विकल्प छैन,’ प्रहरीका एक वरिष्ठ अधिकारीले अन्नपूर्णसँग भनेका छन्। ती अधिकारीका अनुसार प्रहरीसँग विप्लव र उनका कार्यकर्ताको रेकर्ड छ। तर, सरकारले स्पष्ट निर्देशन नदिएका कारण पक्राउ गरी कारवाही गर्न सकिएको छैन।

बोले गृहमन्त्री

शुक्रबार राति देशभर भएको श्रृखलावद्ध बम विस्फोटका कारण गृहमन्त्री रामबहादुर थापा त्रसित देखिएका छन्। सरकार यो घटनामा चुप रहेको अवस्थामा पनि गृहमन्त्री थापाले आफ्नो धारणा व्यक्त गरिरहेका छन्।

गृहमन्त्री थापाले संसदको राज्य व्यवस्था समितिमा विस्फोटको घटना विप्लव समूहले गराएको दावी गरे। ुप्रारम्भिक सूचनाअनुसार बिस्फोटमा विप्लवको समूह संलग्न देखिन्छ’ थापाले भने,ुयस्ता समूहको प्रतिरोध गर्न सरकार अब ठोस सुरक्षा योजना बनाएर अघि बढ्छ।

यसअघि घटनाको भोलिपल्ट विहानै घाइते तथा मृतकका परिवारलाई भेटेर क्षतिपूर्ति तथा उपचार खर्चको उपलब्ध गराउने घोषणा गरिरहेका छन्।

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...