भ्रष्टाचारको मुद्दामा सशस्त्र प्रहरीका पूर्वआईजीपीले विशेष अदालतबाट पाए सफाइ
Monday Jul 01, 2019
वि.सं.२०७६ असार १६ सोमवार ०९:४८

काठमाडौं, असार १६ । सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्धा खेपिरहेका सशस्त्र प्रहरी बलका चार जना पूर्व आईजीपीलाई आज सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्रका पूर्व आईजीपीहरु बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तमाथि सो मुद्धा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।
मातहतका कार्यालयमा सामान ढुवानी गर्दा नक्कली विल बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।
























