CG Electronics
IME Life
NIMB

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, थप मद्दतका लागि काठमाडौंबाट सुरक्षाकर्मी पठाइयो

NIMB
Himalayan Bank

काठमाडौं, असार १६ । संखुवसभामा प्रहरी र विप्लव माओवादी समूहबीच गोली हानाहान भएको छ । नियमित गस्तीमा निस्केको प्रहरी टोलीमाथि बिप्लव समुहका कार्यकर्ताले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । गोली हानाहामा दुबै तर्फ मानवीय क्षती भने भएको छैन । ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

संखुवासभाको सिलिचुङ गाउँपालिकामा विप्लव माओबादी समुह र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको छ । सोमबार बिहान साढे ९ बजेतिर विप्लव माओवादी समुह र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको हो ।

लामो गस्तीमा निस्केको सुरक्षाकर्मी र विप्लव समुहका कार्यकर्ताबीच दोहोरो फाइरिङ भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । सदरमुकाम खाँदबारीदेखी एक दिनको पैदल दुरीमा पर्ने सिलिङचुङमा घटना भएको उनले बताए । ‘घटना बिहान साढे ९ बजेतिर भएको हो,’ उनले भने, ‘अन्य कुरा बुझिरहेका छौं ।’

झडप भएको सूचना पाएपछि आसपासका प्रहरी चौकीहरुबाट पनि थप पठाइएको दुलालले बताए । विप्लव समुहले पहिलो फायरिङ गरेपछि जवाफमा सुरक्षाकर्मीले पनि गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइयो
संखुवासभाको सिलिचोङ–१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५/२५ जनाको टोली संखुवासभातर्फ पठाइएको हो ।

सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली खटाइएको पुष्टि गरे । उनका अनुसार यो लङ् रेन्ज पट्रोलिङ (एलआरपी) टोली हो ।

नेपाल प्रहरीले पनि प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली पठाएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत मद्दत टोली प्रदेश पठाइएको बताए ।

उनका अनुसार प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप मद्दतका लागि टोली पठाइएको छ । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका वेला गोली चलेको थियो ।

कम्तिमा २५ जना हतियारसहित रहेको टोलीसँग जम्काभेट भएको विवरण आए पनि ती व्यक्ति विप्लव समूहको थिएरथिएनन् भन्ने पुष्टि भएको छैन । तर, त्यसक्षेत्रमा विप्लव समूहले गतिविधि बढाएको आशंकामा प्रहरीले सक्रियता बढाएको थियो ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...