सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेज लि बीच सम्झौता
Sunday Jul 21, 2019
वि.सं.२०७६ साउन ५ आइतवार १४:१०

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लि बीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लि का तर्फबाट उक्त कम्पनीका अध्यक्ष श्री सुमन रायमाझ्ीले हस्ताक्षर गर्नुु भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज लि मार्पmत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्न सक्नुहुनेछ ।
यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।
























