CG Electronics
IME Life
NIMB

हिमालयन बैंकले ऋणपत्रमा सर्वसाधारणको आकर्षण कम ,ढिलो अवधिमा विक्री हुन

NIMB
Himalayan Bank

साउन ६ , २०७६ काठमाडौं : हिमालयन बैंकले साउन २ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्रमा सर्वसाधारणको आकर्षण कम देखिएको छ । छिटोमा साउन ६ गतेको मिति तोकिएको यस ऋणपत्रमा २ दशमलव ६५ प्रतिशत मात्र आवेदन परेको छ । छिटो अवधिमा विक्री हुन नसकेपछि ढिलो अवधिको मितिसम्म विक्री खुला गरिने विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । यसर्थ वार्षिक १० प्रतिशत ब्याजदरको सात वर्षे अवधिको यो ऋणपत्र ढिलोमा साउन ३१ गतेसम्म विक्रीमा रहनेछ । क्यापिटलले दिएको जानकारी अनुसार आइतवार साढे २ बजेसम्ममा ४८६ जना आवेदकले ३१ हजार कित्ताका लागि आवेदन दिएका छन् ।

बैंकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा विक्री खुला गरेको हो । कुल ३० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति पाएको बैंकले बाँकी १८ लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थालाई विक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको छ । २०८३ मा परिपक्क हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्र मूल्य रू. १००० तोकिएको छ ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर एन–पी ए’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमै पुरा गर्ने र क्रेडिट रिक्स कम भएको जनाउँछ । यो ऋणपत्र धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ भने आवेदकले नेपाल धितोपत्र बार्डबाट स्वीकृति पाएका  सि—आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । 

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...