CG Electronics
IME Life
NIMB

नेपालका संस्कार र भौगोलिक विविधता नै पर्यटक आकर्षणका माध्यम हुन्

NIMB
Himalayan Bank

युविका भण्डारी
प्रवन्ध निर्देशक, सासस होलिडे प्रा लि तथा समाजसेवी

काठमाडौं, साउन २५ । आफ्नो बुबाले सन् १९८४ मा शुरुवात गरेको ट्राभल कम्पनीलाई सन् २००५ देखि आफैंले व्यवस्थापन गरी पर्यटन व्यवसायमा जोडिएकी युविका भण्डारी एक सङ्घर्षशिल महिला हुन् । आफ्नो बुबाले देखाएको बाटोमा निरन्तर पाइला चालिरहेकी युविकाले अध्ययन भने आर्किटेक्चर विधामा गरेकी हुन् । उनी आफ्नो सिङ्गो परिवार नै पर्यटन क्षेत्रमा जोडिएको कारण उनी आफू पनि पर्यटन क्षेत्रलाई नै आफ्नो कार्य क्षेत्रको रुपमा अङ्गाल्न पुगिन् ।यद्यपि नेपालमा पर्यटन क्षेत्रमा संलग्न रहेर काम गर्ने अवसर पाएकोमा युविका गर्व महसुस गर्छिन् ।नेपालका बुद्ध र हिन्दू गरी २ अलग धार्मिक एवं सांस्कृतिक प्रचलनलाई नजिकबाट बुझ्ने मौका पाएकी युविका नेपालमा पर्यटन क्षेत्रको अवस्था राम्रो हुँदै गएको र आगामी दिनमा समेत यस क्षेत्रमा राम्रो सम्भावना रहेको बताउँछिन् ।


नेपालमा पर्यटन आकर्षित गर्ने तत्वहरु :

नेपालमा भएका उच्च हिमाली क्षेत्र, पहाड एवं डाँडाकाँडाहरु, उकालीओराली, समथर भूमी, रुखविरुवा, चराचुरुङ्गी एवं जनावरहरु, जैविक विविधता, नेपालीहरुका अलग–अलग मौलिक संस्कार एवं आधुनिक र परम्परागत दुवै किसिमका प्रचलनको सम्मिश्रणले दिलाएको शोभा, धार्मिक स्थल एवं मन्दिरहरु, नेपालीहरुको कलाकौशलता लगायतका कुराहरु कुराहरु नै नेपालमा आउने पर्यटकहरुको लागि आकर्षणका माध्यम बन्ने गरेका छन् । साथै विश्वबजारमा नेपाली नैतिकतामा टिकेका छन् । व्यावहारिक र विश्वासिला छन् भन्ने सन्देश समेत प्रवाह भएको छ । यसकारण बाहिरबाट नेपालमा आउने पर्यटकहरु निःसङ्कोच नेपालमा आउन तत्पर समेत छन् ।

पर्यटक नेपालमा आउने कारण :

नेपालमा अहिलेको अवस्थामा आउने पर्यटकहरु विभिन्न उद्धेश्यले नेपालमा आउने गरेका छन् । कतिपय सामान्य घुमफिर र केही दिनको बिदा मनाउने उद्धेश्यले आउने गरेका छन् भने कतिपय नेपालका भौगोलिक संरचनाको अध्ययन र सांस्कृतिक परिस्थितिसँग घुलमिल भई विस्तृत अध्ययन गर्ने उद्धेश्यले समेत नेपालमा आउने गरेका छन् । विभिन्न उद्धेश्यले नेपालमा आउने पर्यटकहरुलाई उनीहरुको चाहना बमोजिमका सेवाहरु उपलब्ध गराई सन्तुष्ट गराउन सकेको खण्डमा हामीले नेपालमा आउन चाहने पर्यटकहरुको सङ्ख्या बढाउनुको अलावा समय–समयमा फर्किएर नेपाल आउने वातावरण समेत बनाउन सकिन्छ ।

पर्यटनको योगदान :

नेपालमा पर्यटन क्षेत्रले निकै ठूलो योगदान दिएको छ । नेपाल उत्पादनमा धेरै माथि उठ्न नसकेको अवस्थामा सेवामूलक क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रले निकै ठूलो मात्रामा रोजगारी सृजना गरेको छ । नेपालमा उत्पादन भएका वस्तुहरु बाह्य बजारमा विक्री एवं निर्यातको लागि समेत पर्यटन क्षेत्रले निकै महत्वपूर्ण योगदान दिएको छ । पर्यटन क्षेत्र अन्तरगत नेपालमा ट्राभल एजेन्सी, टे«किङ, एड्भेन्चर, होटल, एयरलायन्स लगायतका थुप्रै क्षेत्रहरु फस्टाइरहेका छन् । पर्यटन क्षेत्रमा आगामी दिनमा अझ राम्रो सम्भावना छ ।

चाहना बमोजिम पर्यटक बढाउन सकिने :
नेपालमा आएका पर्यटकहरुलाई घुमाउनको लागि काठमाडौंमा पनि पशुपतिनाथ, स्वभम्भू, चाँगुनारायण लगायतका थुप्रै ठाऊँबाट छन् । अन्य धार्मिक स्थलहरु एवं परम्परागत महत्वका वस्तुहरु, पुरातात्विक मुर्तिहरु एवं मनमोहक भौतिक संरचनाहरु समेत काठमाडौंमा छन् । स्थान र दूरीको हिसावले सानो ठाऊँमा पनि प्रशस्तै अलग पहिचान अटेका दृश्यहरु नेपालीहरुको लागि खुसीको कुरा हो । यद्यपि विदेशबाट आएका पर्यटकहरुलाई काठमाडौंमा घुमाउने क्रममा सडकमा हुने जाम र धुलोधुवाँको कारण भने समस्या उत्पन्न भइरहेको छ । साथै उपत्यका बाहिरका जिल्लाहरुमा जानको लागि समेत अहिले सम्म राम्रो बाटोघाटोको समस्या रहेको कारण यातायातमा कठिनाई हुने गरेको छ । यद्यपि कुनै एउटा क्षेत्रमा पुगेको पर्यटकलाई उसको चाहना बमोजिम बसाई अवधि लम्ब्याउन सकिने प्रशस्तै सम्भावनाहरु हामीसँग छन् ।


काठमाडौं धेरै प्रदुषित छैन :
काठमाडौं अहिले पनि तुलनात्मक रुपमा विदेशी पर्यटकीय शहरहरुको तुलनामा धेरै प्रदुषित बनिसकेको छैन । यद्यपि अहिले नेपालमा आउने पर्यटकहरुको लागि काठमाडौं शहर प्रदुषित छ भन्ने किसिमको सन्देश प्रवाह भएको कारण नेपालमा आएका अधिकांश पर्यटकहरु उपत्यका बाहिर जाने गरेका छन् । नेपालमा मात्र नभई बाह्य मुलुकका राम्रो पर्यटकहरुको प्रवाह हुने कतिपय क्षेत्रहरु काठमाडौंको तुलनामा निकै प्रदूषित हुँदाहुँदै पनि ती क्षेत्रमा पर्यटकहरुको आगमन निकै नै बढेको समेत पाउन सकिन्छ । उदाहरणको रुपमा ताजमहल नै लिन सकिन्छ । ताजमहल वरपर निकै नै प्रदूषण हुँदाहुँदै पनि त्यस क्षेत्रमा जाने पर्यटकहरुको सङ्ख्या निकै नै बढी छ । यद्यपि नेपालको वातावरण निकै अनुकुल समेत छ । नेपालमा भने हामीले नै काठमाडौं प्रदुषित छ भन्ने सन्देश प्रवाह गरेको कारण काठमाडौं प्रतिको विदेशी पर्यटकको दृष्टि गलत रहँदै आएको छ ।
नेपालमा अहिले पनि पर्यटकहरुको लागि यहाँको वातावरणीय अनुकुल समेत छ । त्यसैगरी हाम्रा पुरातात्विक कलाहरु पर्यटन आकर्षणका राम्रा माध्यम बन्न सक्छन् ।, नेपालीहरुको आत्मीयता, भौगोलिक परिस्थिति, बुद्ध र हिन्दू धर्म बीचमा आपसी सुसम्बन्ध एवं एउटै मन्दिरमा २ अलग धर्मका व्यक्तिहरुले पूजाआजा गर्ने प्रचलन लगायत थुप्रै कुराहरुको सन्देश प्रवाह गरेर नेपालमा विदेशी पर्यटकको आवागमन बढाउन सकिन्छ ।


फोहोर नियन्त्रणमा नेपाली नै सचेत बन्नु जरुरी :
फोहोर नियन्त्रणको लागि हामी नेपालीहरुको समेत निकै महत्वपूर्ण भूमिका रहने गछ्र्र । हामीले बिस्कुट खाएपश्चात् त्यसको खोललाई कसरी व्यवस्थित गर्ने हो, स्वयम् नै जिम्मेवार हुने किसिमले सबै नेपाली आफैं सचेत बन्नुपर्छ । सबै ठाऊँमा फोहोर व्यवस्थापन गर्न सक्ने अवस्था नभेटिन सक्छ । त्यस्तो अवस्थामा आफैंले बिस्कुटको खोल खल्तिमा राखेर आफ्नै घरमा लगी फ्याँक्ने किसिमको चेतना हामीमा विकास हुनु जरुरी छ । नेपालमा हामीले यसको लागि विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत त्यस सम्बन्धी अध्ययन गराउनु जरुरी छ ।


पर्यटक व्यवस्थापनका समस्याहरु :
एकपटक नेपालमा आएका पर्यटकहरु अर्को पटक समेत दोहोरिएर आउने गरिरहेका छन् । यद्यपि अहिले विदेशी पर्यटकहरुको लागि राम्रो तवरले शौचालयको व्यवस्था नहुनु, बन्दहड्तालको कारण उनीहरुलाई असर पर्नु, पर्यटकहरुको लागि सेवा शुल्क वृद्धि गर्दा सम्बन्धित क्षेत्रमा काम गर्ने कम्पनी र संस्थालाई जानकारी नगराइनु लगायतका समस्या यस क्षेत्रमा रहँदै आएका छन् । कुनै पर्यटक नेपालमा आउने चाहना राख्दा उसलाई १÷२ बर्ष पहिले नै आवश्यक खर्च विवरण पठाउनुपर्ने हुन्छ । तर राज्यको व्यवस्था बारे व्यवसायी नै सुसुचित नहँुदा यसको असर सबै पक्षमा पर्न जान्छ । यसो हुँदा कहिलेकाहीँ शुरुमा अनुमान गरिए बमोजिमको रकम अपुग हुन पनि सक्छ । यस तर्फ पनि राज्यले विचार पु¥याउनुपर्छ ।


पर्यटन प्रवद्र्धनको लागि गर्नुपर्ने पहल :
नेपालमा पर्यटन क्षेत्रको लागि आगामी दिनमा नेपालमा भएका राम्रा सम्भावनाहरुको बारेमा प्रचारप्रसार गरेर विदेशी पर्यटकहरुलाई नेपालमा भित्र्याउनु जरुरी छ । यस कार्यमा नेपाल सरकार अन्तरगतका पर्यटन वोर्डको अलावा निजी व्यवसायी र संघसंस्थाहरुको निकै महत्वपूर्ण भूमिका रहने गर्छ । यी संस्थाहरुले वातावरणीय सरसफाई कायम गर्ने, नेपालीहरुमा सचेतना जागरण गर्ने, पर्यटनमा आउन चाहने व्यक्तिहरुलाई सम्भावना र चुनौतीहरुको बारेमा यथार्थ ज्ञान दिई आवश्यक परामर्श एवं सहयोग गर्ने लगायत कार्य समेत गर्नु जरुरी छ ।
नेपालमा आउने पर्यटकहरुलाई आकर्षित गर्न उनीहरुलाई हामीले प्रदान गर्ने सेवाको अलावा हाम्रो आचरण समेत निकै महत्वपूर्ण रहने गर्छ । नेपालीहरुमा राम्रो संस्कार रहँदै आएको छ । यसबाट विदेशी पर्यटकहरु निकै नै सन्तुष्ट छन् ।


हवाई सेवा विस्तार आवश्यक :
पर्यटन क्षेत्र माथि उठ्नको लागि हवाइ सेवाको विस्तार समेत निकै नै महत्वपूर्ण रहन्छ । नेपालमा अहिले सरकार मातहत नेपाल वायु सेवा निगमले काम गर्दै आएको छ भने विभिन्न निजी हवाइ सेवा प्रदायक कम्पनीहरुले समेत यस क्षेत्रमा काम गरिरहेका छन् । यद्यपि नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको अवस्था निरन्तर कमजोर बन्दै गएको छ । यस कम्पनीलाई राम्रो बनाउन सकेको खण्डमा मात्र हाम्रो समग्र हवाई सेवा बलियो र गुणस्तरीय बन्न सक्छ । नेपालमा पर्यटकहरु आउनको लागि अहिले हवाई भाडा निकै महँगो छ । जसले गर्दा सहज तवरले विदेशी पर्यटकहरु नेपालमा आउन सकेका छैनन् । साथै नेपालको राष्ट्रिय हवाई सेवा प्रदायक संस्थाको कार्य क्षेत्र समेत अहिले सम्म सीमित रहेको हुनाले सबै क्षेत्रमा यसले सेवा प्र्रदान गर्न सक्ने अवस्था छैन ।


जसरी नेपाल एयरलायन्स बैंकक पुगे पश्चात् नेपालमा आउने पर्यटकहरुको लागि हवाई शुल्क निकै नै घट्यो । अब सांघाई, टोकियो लगायतका क्षेत्रमा समेत पुग्नु जरुरी छ । यसो हुनसके कम शुल्कमा धेरै पर्यटक नेपालमा भित्र्याउन सकिन्छ । पछिल्लो समय निजगढ हवाईमैदानको लागि प्रक्रिया अघी बढिरहेको छ । यो नेपालको लागि निकै नै महत्वपूर्ण समेत छ । नेपालमा ठूलो मात्रामा विदेशबाट आउने पर्यटकहरु सिधै आफू जान चाहने ठाऊँमा जानको लागि निजगढ लगायतका हवाइमैदानको निकै महत्वपूर्ण भूमिका रहने गर्छ ।


व्यावसायीले सामाजिक दायित्वमा समेत काम गर्नुपर्छ :
नेपालमा अहिले व्यावसायिक क्षेत्रमा कार्यरत कम्पनीहरुले सामाजिक दायित्व अन्तरगत महत्वपूर्ण योगदान दिइरहेका छन् । समाजमा आइपर्ने विभिन्न समस्याहरुमा यस्ता किसिमका पहलहरु नेपालमा भइरहेका छन् । कुनै पनि क्षेत्रको समग्र विकासको लागि एक व्यक्ति मात्र माथि उठेर हुँदैन । समस्या पर्दा आपसी सहयोग निकै महत्वपूर्ण हुन्छ । यस कुरालाई विचार गर्दै आगामी दिनमा सामाजिक दायित्व पूरा गर्ने कार्यमा सबैले पहल गर्नुपर्छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...