NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपालमै ७ सय २३ विघा जग्गामा यस्ता ७०० उद्योग खुल्ने,यसरी गरिदैछ अन्तिम तयारी

NIMB
leapmotornepal (citroen)

काठमाडौं । चितवनको शक्तिखोरमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको कागजी कामले तिब्रता पाएको छ । उक्त क्षेत्रको पर्यावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भएको छ । ‘औद्योगिक क्षेत्र निर्माणको प्रकृयागत काम अन्तिम चरणमा पुगेको छ ।

इआईए रिपोर्ट वन मन्त्रालयमा पठाएका छौँ । वनबाट सायद यही हप्तामा स्विकृत आउने छ’, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले भने । उनका अनुसार आयोजनाको डीपीआरसमेत तयार भएकाले अबको केही महिनामा उद्योगहरुलाई जग्गा उपलब्ध गराउन सकिने छ ।

अहिलेको गतिलाई हेर्दा अबको ६ महिनामा केही उद्योगहरुले प्रारम्भिक जग्गा प्राप्तगरि उद्योग सञ्चालनको प्रकृया सुरु गर्न सकिने देखिएको छ । उक्त औद्योगिक क्षेत्रमा साना ठूलागरी करिब ७०० उद्योग संचालनमा आउने अनुमान गरिएको छ । प्रारम्भिक अनुमान अनुसार यहाँ खुल्ने उद्योगहरुले करिब १ सय ६५ मेघावाट विद्युत खपत गर्ने र करिब १ लाख ५० हजारभन्दा बढीले रोजगारी पाउने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

चितवन जिल्लाको कालिका नगरपालिकामा पर्ने यो औद्योगिक क्षेत्रले झण्डै १७ सय ४१ बिगाहा जमिन ओगटेको छ । यसको जम्मा क्षेत्रफल करिब १ सय ७० किलोमिटर रहेको छ । प्रारम्भिक अनुमान अनुसार यहाँ खुल्ने उद्योगहरुले करिब १ सय ६५ मेघावाट विद्युत खपत गर्ने र करिब १ लाख ५० हजारभन्दा बढीले रोजगारी पाउने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

‘चितवनबाट नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, विरगञ्ज, बुटवल, भैरहवा सबै स्थान समान दुरीमा रहेकाले समग्र ढुवानीका हिसाबले पनि यो औद्योगिक क्षेत्र उपयूक्त देखिन्छ,’ चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले भने । शक्तिखोरमा निर्माणाधिन औद्योगिक क्षेत्र चितवन उद्योग संघको नेतृत्वमा निर्माण भइरहेको छ ।

उक्त औद्योगिक क्षेत्रमा कृषि औजार, विद्युतिय सामाग्री, इन्जिनियरिङ र फ्याब्रिकेटिङ, नविकरणीय उर्जा, अस्पतालका फर्निचर, अटोमोटिभ, सेवा, मासु प्रशोधन, छाला प्रशोधन, रसायनिक उत्पादन, औषधी, उत्पादन, निर्माण, काष्ठ प्रशोधन, ह्यान्डिक्राफ्ट, पर्यटकिय उत्पादन र कृषिजन्य प्रशोधनका उद्योगहरु सञ्चालनमा आउने पौडेलको अनुमान छ ।

करिब ६ लाख जनसंख्या रहेको चितवन र ३० हजार जनसंख्या रहेको कालिका नगरपालीकाका जनताले प्रत्यक्ष रोगगारी पाउने संभावना प्रचुर रहेको पौडेलको दाबी छ । औद्योगिक क्षेत्रको व्यवस्थापन राम्रो गरिएको छ । प्रदुषण गर्ने उद्योगहरुलाई पछाडि राखिएको छ भने कम प्रदुषण गर्ने उद्योगहरुलाई अगाडि स्थान राखिएको छ ।

साथै, बीच–बीचमा खाली ठाउँ पनि छोडिएका छन् । बस्नका लागि कोलोनी, हरियाली पार्क र अन्य सुबिधाहरुको लागि पनि ठाउँ छुट्याइएको छ । यहाँ जम्मा ५ सय ९८ सानो (५०० वर्गमिटर) का र १ सय २४ ठूलो (१२००० वर्गमिटर) का उद्योगहरुलाई स्थान छुट्याइएको छ जसले जम्मा ७ सय २३ विगाहा क्षेत्रफल ओगट्छ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...