NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

यौनकाण्डमा जागिर गुमाएका पूर्व सिइओ नबिल बैंकको विज्ञ सञ्चालक

NIMB
leapmotornepal (citroen)

के अर्बपति उद्यमी विनोद चौधरीले बजारमा राम्रा मान्छे पाउन छाडेका हुन् ? वा योग्य र दक्ष व्यक्तिले चौधरी र उनको कम्पनीलाई पत्याउन छाडे ?

जनता बैंकको डेपुटी सिइओ हुँदा कसुरमा डामिएका अजय मिश्रलाई युनाइटेड फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनायो । जसरी बैंक अफ काठमाडौंका सिइओ अजय श्रेष्ठ बैंकिङ कसुरमा परे, उसैगरी मिश्र तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकमा हुँदाहुँदै नभएको जग्गा धितोमा राखी दुई करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

जनता बैंकबाट विनोद चौधरीको फाइनान्समा सिइओ बन्न पुगेका उनीविरुद्ध उजुरी पर्‍यो । प्रहरीको वान्टेड सूचीमा परेका उनी फरार भए । सो पदमा आजसम्म पनि कम्पनीले अर्को व्यक्तिलाई नियुक्ति दिलाउन सकेको छैन । बेवसाइटमा आजसम्म पनि उनलाई सिइओकै रूपमा देख्न पाइन्छ । उनीझैं चौधरीकै रोजाइमा परे यौनकाण्ड लागेका उदयकृष्ण उपाध्याय ।

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा १५ दिनको घर बिदाबीच फागुनको मध्य जाडोमा कोटेश्वरको एउटा क्याबिनतिर पुगेर रंगिला कर्म गरिरहँदा अहिले एसपी भएर पोखरा खटिएका दानबहादुर कार्कीले रंगेहात भेटेपछि जागिर गयो । तिनैलाई चौधरीको अर्को कम्पनी युनाइटेड इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष र हालै नबिल बैंकको विज्ञ सञ्चालक बनाइएको छ ।

https://www.nabilbank.com/Board-of-Directors

उनलाई बैंकतिर तानिएपछि इन्स्योरेन्सको अध्यक्ष भरतबन्धु कार्की तोकिएका छन् । नबिल बैंकको सञ्चालक समितिमा शम्भुप्रसाद दाहाल, निर्वाण चौधरी, दयारामगोपाल अग्रवाल, बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, मालाय मुखर्जीसहित हालै मात्र उदयकृष्णले नियुक्ति पाएका हुन् ।

बाफिया (बैंक तथा वित्त संस्थासम्बन्धी ऐन)मा यस्ता संस्थाको सञ्चालक हुन नैतिक पतन नभएको हुनुपर्ने प्रावधान छ । तर, चौधरीको कम्पनीमा यौनकाण्ड लागेकादेखि बैंकिङ कसुरमा फरार अभियुक्तसम्मले नियुक्ति पड्काउँदा समेत नियामक निकाय राष्ट्र बैंक भने गरुडसामु परेको साँपझैं भएको खबर छ । यो बेथितिप्रति नबिल बैंकका एक कर्मचारीले व्यग्य गर्दै भने यो त कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाएझैं भयो ।’

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...