NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनआईसी एशिया बैंकले चमत्कारिक निक्षेप योजनामा २१ लाखसम्मको बीमा सुविधा

NIMB
leapmotornepal (citroen)

  काठमाडौँ, ७६ पुस २१। एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको हो ।

सन् २०२० लाई लक्षित गर्दै सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्नुहुनेछ । औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु २० हजारसम्म र अस्पताल भर्ना वापत रु ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ र उपरोक्त उल्लेखित बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्नेछ ।

ग्राहकले आफु अनुकुल हुने र इच्छाईएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिन्ज गरी तीन भेरियन्टका बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्न सक्नेछन् । यी तीनै प्रकारका खाताहरुमा बार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने छ भने डायमण्ड को बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुनेछन् ।

साथ,ै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्विप इन–स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु पाइनेछ । न्यू सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहक महानुभावहरुलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

यी खाताका अर्को विशेष आर्कषण भनेको स्विप इन–स्विप आउट सुविधा हो जसअन्तर्गत बैंकले सुपर चमत्कारिक बचत खातामा रु २ लाखभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई रु १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५% सम्मको ब्याजदर प्रदान गर्नेछ ।

यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता–डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउँदछ ।

मासिक निक्षेप खाता अन्तर्गत एन आई सी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ९.७५% सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा ट्रान्सफर गर्न सक्नुहुनेछ । ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने भनेर बैंकको शाखामा गएर एक पटक निर्देशन दिनु पर्दछ । ट्रान्सफर गरिने रकम रु ५ सयका दरले गुणन गरेर हुन आउने रकम (जस्तै रु ५ सय, रु १ हजार, रु १ हजार ५ सय आदिको अनुपातमा) तय गर्न सकिन्छ ।

मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ । साथै, ग्राहकले चाहेको समयमा आफैले मोबाईल बैंकिङ्ग वा ईन्टरनेट बैंकिङ्गको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सक्छन् ।

झट्ट सुन्दा अपत्यारिलो लाग्ने विभिन्न ३० सुविधायुक्त “न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता” सहितका निक्षेप योजना बैंकले ल्याएको छ ।

यस बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालय, ४ सय ८ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको भएको छ ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...