NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सनराइज बैंकले संचालनमा ल्यायाे रिकरिङ्ग खाता

NIMB
leapmotornepal (citroen)

काठमाडौँ, ७६ पुस  २७ । सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जस्तैगरी रकम जम्मा गर्दै जान सकिने र ब्याज भने मुद्दति खाता सरह पाइनेछ ।

आवश्यकता अनुसार १ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गदै जान सकिनेछ । खाता खोल्दा न्युनतम बचत रु. १ हजार र त्यसपछि एक पटकमा न्युनतम रु. ५ सय वा ५ सयको गुणाका दरले जम्मा गर्दै जान सकिनेछ ।

सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्घति खातामा जम्मा हुदैं जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटक पटक गरी जम्मा गर्न सकिनेछ । यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्घति खाता सरहको उच्च ब्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था छ ।

यस खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मदत पुग्दछ । उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ । हाल बैंकले मुद्घति खातामा ९.२५% मा थप ०.५ % व्याज प्रदान गर्दै आएको छ । यो योजना दैनिक,साप्ताहिक र मासिक हिसाबले बचत गर्ने सोच भएमा व्यक्तिहरुलाई अति उपयुक्त रहने बैंकले जनाएको छ ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...