CG Electronics
Ncell NPL
NIMB

को बन्ला अबको गभर्नर ?

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ, बहसको बिषय बन्दै छ अबको भावी गभर्नर को हो ? आगामी ६ चैत्रबाट अहिलेका गभर्नर चिरञ्जीवि नेपाल घर जाँदैछन् । नियम अनुसार अनिवार्य अवकाशको एक महिना अगावै उनी घर विदामा बस्न पाउने छन् । त्यही कारण अबको दुई महिनाभित्रैमा नेपाल राष्ट्र बैंकका लागि गभर्नर पद रिक्त हुँदै छ । त्यहाँ पुग्नका लागि मुख मिठ्याउने र शक्तिकेन्द्र धाउनेहरुको संख्या बढ्दो छ ।

विशेष गरी अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा नै त्यहाँ दोहोरिन रुची देखाएका छन् । राष्ट्रिय सभाको लागि चुनिएको उनको सदस्यको दुई बर्षे कार्यकाल यही फागुन २१ गते सकिदै छ । यद्यपि उनी नियम अनुसार अझैं थप ६ महिना मन्त्री पदमै रहन पाउनेछन् । त्यही कानुनी फाइदा उठाएर आगामी बजेट समेत उनैले ल्याउने इच्छा प्रकट गरिरहेका छन् ।

यदी यो इच्छा पूरा नभए उनलाई फेरि राष्ट बैंकमा फर्काइदिए हुन्थ्यो भन्ने इच्छा प्रधाानमन्त्रीसँग राख्दै आएका उनी निकटका नेताहरु सुनाँउछन् । नेपाल राष्ट्र बैंकको गभर्नर भनेको नेपाल सरकारको आर्थिक सल्लाहकार समेत भएका कारण यसमा प्रधानमन्त्रीले आफ्नो ट्युनिङ मिल्ने पात्रलाई त्यहाँ लैजाने प्रवल सम्भवना रहेको छ । अहिले यो दौडबाट शिवराज श्रेष्ठ आउट भइसकेसँगै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई प्रमुख दावेदार मानिँदैछ । प्रधानमन्त्रीकै गृहजिल्लातिरकै भएको नाताले पनि उनको सम्भवना प्रवल रहेको हो ।

तत्कालिन एमालेबाट बामपन्थी राजनीति गरेका शिवाकोटी राष्ट्र बैक भित्र नेकपाको नेताका रुपमा समेत परिचित छन । अर्काे गभर्नरको रेशमा रहेका पात्र हुन् लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारि । उनी यस अघि नेपाल राष्ट बैंकमै कार्यरत थिए । त्यहाँ युवराज खतिवडाले बाजी मारेपछि महाप्रसादलाई लगानी बोर्डतिर पुराइएको थियो । तर उनी नेपाल राष्ट बैंकको गभर्नर बन्नका लागि उनको शैक्षिक योग्यता नै बाधक रहेको जानकारहरु टिप्पणी गर्दैछन् ।

अधिकाखरीले भारतबाट चार्टर्ड एकाउन्टेन्ट, विजनेस एड्मीनीस्ट्रेसन एण्ड म्यानेजमेन्ट तहको अध्ययन गरेको तथा नेपाल कमर्श क्याम्पसबाट व्याचलर्स डिग्री, एड्मीनीष्ट्रेसन एण्ड म्यानेजमेन्ट गरेका हुन् । तर नेपाल राष्ट बैंकको गभर्नर बन्नका लागि कम्तिमा स्नातकोत्तर तह उत्र्तीण गरेको हुनु्पर्ने ऐनमै उल्लेख छ । त्यही ऐन बाधक बनिँदिदा उनको गभर्नर बन्ने ढोका बन्दजस्तै छ ।

यता माओवादी खेमाबाट त्यता पुग्नका लागि पूर्व कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ पनि चर्चाका पात्र हुन् । उनी प्रचण्ड प्रधानमन्त्री हुँदा श्रेष्ठ योजना आयोगका उपाध्यक्ष बनेका पात्र हुन् । यसरी मुख मिठ्याउर बस्नेहरुमा अर्थसचिव रहेका राजन खनाल पनि चर्चामा छन् । खनालले यही माघ पहिलो साताबाट अवकाश पाउँदैछन् । यो लाइनमा राष्ट्र बैंककै पुर्व कार्यकारी निर्देशकहरु भाष्करमणी ज्ञवाली, बासुदेव अधिकारी लगायतको पनि चर्चा छ ।

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...