प्रभु बैंकले संचालन गर्यो ‘वैदेशिक रोजगारी कर्जा’
Friday Jan 31, 2020
वि.सं.२०७६ माघ १७ शुक्रवार ११:५५

७६ काठमाडौं ,१७माघ : प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रोडक्ट सूरु गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउनेछन ।

प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहुँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ती एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ । वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।





























