NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital बीच ग्राहकहरूलाई विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

वैशाख ९, २०८३ मा सम्पन्न उक्त समझदारीअनुसार बैंकका ग्राहकहरूले एभरेष्ट हस्पिटलमा उपचार गर्दा विभिन्न सेवामा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। सम्झौतामा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार ग्राहकहरूले डिजिटल भुक्तानीमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, अपरेसन सेवामा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ।

यो सुविधा लिनका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। डाक्टर परामर्श, एम्बुलेन्स शुल्क तथा आउटसोर्स सेवाहरूमा भने छुट लागू नहुने जनाइएको छ।

बैंकका अनुसार यो सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा आर्थिक राहत दिनुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...