रुस्लान भोड्का अब देश बाहिर पनि
Saturday Feb 01, 2020
वि.सं.२०७६ माघ १८ शनिवार ०४:३८

७६ काठमाडौं , १८माघ: नेपालको अति लोकप्रिय रुस्लान भोड्काले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ । अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने छ ।

नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी वजारमा पनि आफ्नो अमित छाप छोड्न सफल हुनेमा विश्वस्त रहेको जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले जनाएको छ । रुस्लान विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टीलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोड्का हो ।





























