CG Electronics
IME Life
NIMB

एनसेलको ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक

NIMB
Himalayan Bank
New brand logo of Ncell – an Axiata company.

७६काठमाडौं,२९चैत : एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँवर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहि रहन थप मद्दत पुर्याउँदै आज शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ जस अन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी खरिद गर्न सक्छन् ।

पहिला सेवाप्रयोग गरी शुल्क पछि तिर्न मिल्ने
 डेटा र एसएमएस प्याकमात्र रु २० मा
 २५० एसएमएस प्याकमात्र रु १० मा
 अतिरिक्त सेवाशुल्कनलाग्ने

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसले विश्व नै त्रसित भईरहेको विपद्को परिस्थिती र लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमाआफ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग सम्पर्कमा रहन तथा  नववर्षको शुभकामना आदान–प्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ल्याएको हो ।

डेटा र एसएमएस सेवा प्याकका रुपमालिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहित मात्र रु २० मा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँग शुन्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन सक्छन् । यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य रहन्छ ।

आफ्नो आवश्यकता अनुसार ग्राकहले एसएमएस सेवा मात्र पनि प्याक रुपमा लिन सक्छन् । ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहित मात्र रु १० सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहनेछ ।

ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार डेटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याक लोनमा सुचारु गर्न सक्छन् ।

विगत दुई महिना देखि एनसेलको सिमप्रयोग गरिरहेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्कश्वत काटिने छ । यस बाहेकअन्य शुल्क लाग्ने छैन ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवा लिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकम चुक्ता गरेको हुनु पर्दछ ।

कोरोनाभाइरस रोगका कारण सामाजिक दुरी कायम गर्दै सबै आ–आफ्नो घरमा बसिरहेको अवस्थामा, यस अफरले ग्राहकलाई आफ्ना परिवारका सदस्यहरु र साथीभाइसँग सम्पर्कमा रहि रहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...