सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ
Saturday Apr 18, 2020
वि.सं.२०७७ वैशाख ६ शनिवार १६:२८

७७काठमाडौं,६वैशाख:कोभिड-१९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामको शिलसिलामा मन्त्रालय वा अन्तर्गतका जुनसुकै निकायमा काम गर्न खटाई संक्रमितहरूको स्वास्थ्य उपचार गराईरहेको छ।
यसै शिलसिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेर बहादुर पुनलाई मन्त्रालयमा बोलाइएकोमा केहि पत्र-पत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड-१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको छ । यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ ।



























