CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

पाथिभारा माताको दर्शनसँगै राशिफल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७७काठमाडौं,७वैशाख:मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ। पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ। मन फुरुङ्ग हुनेछ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नुपर्नेछ। घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ। पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ विद्यालक्ष्म्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरे बमोजिम आम्दानी बढाउन सकिने छ। ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ। साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ शं शनैश्चराय नमः २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)– परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मान्यजनको आशीर्वचन प्राप्त हुनेछ। भाग्यबलमा अभिबृद्धि हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ। ठूलाबडाको साथ सहयोग पाइने छ। कामको दायित्व थपिने सम्भावना छ। नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ। आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ परब्रह्मणे नमः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनुपर्छ। गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ। आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ। दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन। परोपकारी काममा आकर्षण बढ्नेछ। आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ सङ्कटा भगवत्यैै नमः ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – प्रेममा सफलता प्राप्त हुनेछ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन। कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ। घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ। पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिने छ। स्वास्थ्य राम्रो रहने छ। रात िछप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ। आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ कात्यायनी भगवत्यै नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)– आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ। वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउनेछ। बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ। वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ। मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ रां राहवे नमः १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मानसम्मानमा बृद्धि हुनेछ। आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ। बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। इष्टमित्रले प्रशंसा गर्नेछन। सहयोगीहरूले साथ दिनेछन। अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन। आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ हयग्रीवाय नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)– साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्नेछ, तर पाचन प्रणालीमा समस्या देखिन सक्छ। घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ ।सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ। लगानी र खर्चबृद्धिको योग छ। दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ ग्रामदेवताभ्यो नमः÷श्री स्वस्थानी परमेश्वर्यै नमः १७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनुहुनेछ। व्यापारिक वादैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन। आम्दानीमा कमी आउने छैन। वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ। परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ। भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ। यात्राको सम्भावना छ। बेलुका घरायसी समस्याहरू देखा पर्न सक्छन। पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ। मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ विघ्नविनाशिने नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – व्यापारबाट लाभ पाइने छ। कृषि, वन र माटो सम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन। प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ। मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ। घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ। नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ। दिन ढल्दै जाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ। आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउ रङ हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ धनप्रदाय कुबेराय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – स्वास्थ्य अनुकूल हुनेछ। मित्र, परिवार र सहयोगीले साथ दिनेछन। लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धन निवेश गर्ने अनुकूलता हुनेछ। व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ। पारिवारिक सहयोग बढ्ने छ। मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन। स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ। अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दूरे रातो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ अञ्जनी सुताय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ। आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ। ठूलो महत्त्वाकाङ्क्षा राखेर धन लगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनुपर्छ। अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ। मनोरञ्जनमा खर्च बढ्न सक्छ। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैैजनी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ अनन्ताय नमः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...