CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

हिँडेर घर जान लागेकालाई बनेपामा खाना र पानी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited
पेमा लामा

 

७७बनेपा, ७ वैशाख: ठेकेदारले किनिदिएको चालम सकिएपछि दाङको तुल्सीपुरस्थित घरमा हिँडेका परवीर ओली सिन्धुपाल्चोकबाट दुई दिन लगाएर काभ्रेको बनेपा आइपुग्नुभयो । सिन्धुपाल्चोकमा सडक निर्माणको काम गर्दै आउनुभएका तुल्सीपुर नगरपालिका वडा नं. १९ बिजौरी घर भएका ६१ वर्षीय ओलीले भन्नुभयो, “कोठामा खाद्यान्न सकिएपछि अब जसरी भए पनि घर पुग्नुको भएन ।” उहाँ एक महिनाअघि सिन्धुपाल्चोक पुग्नुभएको थियो । बाटामा खाना खाने सुविधा नभएपछि बनेपा आइपुगेपछि उहाँ भोको हुनु परेन ।

यता धादिङमा गणेश ईटा भट्टामा काम गर्दै आउनुभएका कान्छामान तामाङ बालबच्चासहित हिँडेरै दुई दिनमा बनेपा आइपुग्नुभएको छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ८ स्थायी घर भएका उहाँ विगत दुई वर्षदेखि सो ईटाभट्टामा काम गर्नुभएको र बन्दाबन्दीका कारण काम नभएपछि घर फर्कनुभएको हो । उहाँले भन्नुभयो, “साहु पनि सम्पर्कमा छैनन, नाइके पनि बेपत्ता भए । खाद्यान्न किनेर खान पैसा सकियो ।” उहाँ भक्तपुरको आफन्तको घरमा बस्न जाँदा घरपतिले बस्न नदिएको गुनासो गर्नुहुन्छ ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ५ जगाडीका चन्द्रबहादुर तामाङ भक्तपुरको चाँगुनारायणदेखि हिँडेर गाउँ त्यता जाँदै हुनुहुन्छ । उहाँलगायत दश जनाको समूह दुधौली हिँड्नुभएको हो । उहाँहरुसँग १४ जनाको समूह रहेकामा चार जनालाई एउटा गाडीले लगेपछि बाँकी हिँडेर जाँदैछन् ।

काठमाडौं टोखामा किराना पसलमा काम गर्दैै आउनुभएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ४ का भिमसेन खड्काको पनि अवस्था उस्तै छ । लकडाउनले खाना र बस्न समस्या थपिदै गएपछि कोठा छोडेर हिँडेको उहाँले बताउनुभयो ।

बनेपा आइपुगेका करिव १०० जनालाई शनिबार स्थानीय व्यवसायीले खाना र पानीको व्यवस्था गरेका थिए । भोकभोकै बाटोमा हिँड्नेहरुको सङ्ख्या बढ्दै गएपछि आफूहरुले प्रशासनको अनुमतिमा खाना र पानीको व्यवस्था गरेको सुधीर वैद्यले बताउनुभयो ।
काभ्रे उद्योग वाणिज्य सङ्घ बनेपाको समन्वयमा पानस पार्टी प्यालेसले गत चैत २५ गतेदेखि निरन्तर खाना र पानीको व्यवस्था गर्दै आएको सङ्घका महासचिव कैलाश पलाञ्चोकेले बताउनुभयो ।
––– (रासस)

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...