CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

किसानलाई क्षतिपूर्ति र पिसीआर मेशिनका लागि नेकपाको पहल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited
– उत्तमकुुमार उपाध्याय

७७रौतहट, ७ वैशाख: मकै, मुसुुरो र गँहुुबाली भित्र्याउने बेलामा आएको प्राकृतिक प्रकोपले किसानको ढाड नै भाँचिएको छ । जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केराखेती, तरकारी खेती, मेवाखेतीमा हालैको हावाहुुरी असिनाले ठूलो क्षति पुगेको छ । अर्कातिर कोरोना भाइरस परीक्षण गर्न पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) मेशिनको सुविधा छैन ।
जिल्लामा स्वाब थ्रोट जाँच गर्न वीरगञ्ज तथा प्रादेशिक अस्पताल जनकपुरसम्म जानुुपर्दा कठिनाइ हुँदै आएको छ ।

हावाहुुरी र असिनाले पीडित किसानलाई तत्काल राहत तथा क्षति पूर्ति दिन र प्रदेशको प्रत्येक जिल्लामा कोरोना जाँच गर्ने पिसीआर मेसिन राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं २ का अध्यक्ष तथा सङ्घीय सांसद प्रभुु साहले पहल गर्नुभएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको मावि कटहरियास्थित क्वारेन्टाइनको स्थलगत निरीक्षणपछि उहाँले उक्त माग गर्नुभएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई दुई हप्ता राखेर प्राथमिक उपचार गर्न कटहरिया नगरपालिकाद्वारा निर्माण गरिएको २०० सय श्ययाको क्वारेन्टाइनमा ६९ शङ्कास्पद बिरामी छन् ।

क्वारेन्टाइनको निरीक्षणका क्रममा उहाँले त्यहाँ खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा बिरामीलाई समेत भेट्नुभएको थियो । सो क्रममा प्रत्येक हप्तामा क्वारेन्टाइनको भित्र बाहिर गर्दा स्यानिटाइजर प्रयोग गर्ने र बिरामी बसेको प्रत्येक कोठामा आवश्यकतानुसार दुईदेखि तीन वटा सिलिङ पङ्खा राख्न साहले नगरप्रमुख सीयाराम कुश्वाहालाई निर्देशन दिनुभयो ।

भएकाले प्रदेश नं २ सरकारले प्रत्येक जिल्ला सदरमुकाममा कोरोना जाँच गर्ने पिसीआर मेसिन राख्न सांसद साहले माग गर्नुभएको छ भने भीषण हावाहुरी र असिनापानीले पीडित गरिब एवं किसानलाई राहत तथा क्षतिपूर्ति दिन पनि सरकारसँग आग्रह गर्नुभएको छ । हावाहुुरीले गरिबका झुपडी र घरको छाना गोठसमेत उडाएकाले तिनै तहको सरकार मिलेर राहतको विषेश प्याकेज ल्याउन सांसद साहले माग गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँसँगै प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरियाका नगरप्रमुख सीयाराम कुशवाहालगायतको सहभागिता थियो ।
––– (रासस)

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...