nic bank
himalayan everesat
Nmb bank

काफल पाक्यो तर भोटे फर्केनन् !

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank
– निरज थकाली

७७ ठिनी, ७ वैशाख: हिमालबाट जाडो छल्न पोखरा झरेकी छिरिङ गुरुङ गर्मी बढ्दै जाँदा दुःखी बन्नुभएको छ । गत मङ्सिरमा (पोखरा) झर्नुभएकी उहाँ गाउँ फर्कन नपाएर हैरान हुनुभएको हो । गाउँ फर्कने तयारीमा रहेका बेला सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन गरेकाले पोखरामै अलपत्र पर्नुभएको हो ।

हिमाली भेकका बासिन्दालाई गर्मी ठाउँ फाप्दैन । “पोखरामा गर्मीले बस्नै गाह्रो भयो । खाना पनि रुच्दैन”, ६८ वर्षीया गुरुङले टेलिफोनमा भन्नुभयो, “गाउँ सम्झँदै धुरुधुरु रोइरहन्छु ।” उहाँको गाउँ लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ढेगाउँमा छ ।

यस्तो व्यथा छिरिङ एक्लैको मात्र होइन, पोखरासहित अन्य ठाउँमा जाडो छल्न झरेका मुस्ताङीको सङ्ख्या ५५० भन्दा बढी भएको अनुमान छ । “गाउँ जान नपाएर मुस्ताङी अलपत्र परेका छन्”, गण्डकी प्रदेशसभा सदस्य एवं उपल्लो मुस्ताङ लो–मन्थाङका बासिन्दा इन्द्रधारा विष्ट भन्नुहुन्छ, “हामीले सम्पर्कमा आएका ३४९ जनालाई प्रदेश सरकारमार्फत राहत वितरण गरिसक्यौँ ।”

जाडो शुरु हुनेबित्तिकै मङ्सिरमा मध्यपहाड र तराईमा झर्नु र गर्मी शुरु हुँदा हिमालतिर उकालो लाग्नु मुस्ताङीको जीवनशैली हो । पोखरा, काठमाडौँ र भारत झर्नेहरू जिम्बु, जडीबुटीसहित खिच्रिङमिच्रिङ र कपडाको व्यापार गर्थे । कतिपय जाडो छल्नका लागि मात्र कोठा भाडामा लिएर दिन बिताउँथे । उनीहरू गाउँ फर्कंदा पहाडी भेगमा चराको आवाज सुनिन्थ्यो, ‘काफल पाक्यो ! काफल पाक्यो !’ यही परिवेशमा पहाडी समुदायबीचमा एउटा भनाइ नै प्रचलित बन्यो, ‘काफल पाक्यो, भोटे फर्कियो ।’

त्यतिमात्र होइन, भोटेहरू घोडा, खच्चड, काम्लो, रासन र बक्खु लगाएर उकालो लागेपछि पहाडिया र तराईवासी बर्खामासको स्वागतमा तयार हुन्थे । भोटेहरू पनि औल फाप्दैन भनेर काफल चरीको आवाज सुन्दै थातथलो फर्कन्थे । समयको परिवर्तनसँगै, तराई, पहाड र भोटमा स्वास्थ्य, यातायात र शिक्षा क्षेत्रमा विकास हुँदै आयो । भोटेहरू पनि सधैँ पहाड र तराईमा बस्न थाले, औलोको डर कसैलाई भएन । मोटर तथा हवाईजहाजमा एकै दिनमा हिमाल पुग्न सक्ने भए । त्यतिमात्र होइन इन्टरनेटले संसारलाई नै जोडेसँगै उनीहरू संसारका हरेक कुनामा व्यापार गर्न सक्ने भए ।

सबै समयअनुसार परिवर्तन हुँदै गयो तर मौसम परिवर्तन भएन । पुर्खाहरू पैदल वा घोडामा व्यापार गर्थे, अहिलेको नाति पुस्ता मोटर वा हवाई यात्रा गरेर भारतसम्म पुगेर व्यापार गर्न थालेका छन् । सधैँ बेलैमा उनीहरू गाउँ फर्कन्थे । तर यसपालि नसोचेको भयो । नचाहँदा नचाहँदै उनीहरूले एक महिनाभन्दा बढी समय बेँसीमै बस्नुपरेको छ । “अझै कति दिन पोखरामै बस्नु पर्ने हो”, थासाङ गाउँपालिका–२ नाउरीकोटका ९१ वर्षीय भक्तिप्रसाद गौचन भन्नुहुन्छ, “यत्रो उमेर भो, यस्तो महामारी त कहिल्यै भोग्नुपरेको थिएन ।”

विषेशगरी उपल्लो मुस्ताङका स्थानीयवासी बक्खु लगाएर गर्मी ठाउँमा बस्न बाध्य छन् । “हिमाली जनता मर्कामा परेका छन्”, सासंद प्रेमप्रसाद तुलाचन भन्नुहुन्छ, “चिसो वातावरणमा बाक्लो कपडा लगाएर बस्नुपर्ने नागरिक हाल गर्मीमा बाक्लो कपडामा कसरी बसेका होलान् !”

हिमाली भेगमा फागुन महिनादेखि खेतीको समय शुरु हुन्छ । वर्षमा एक बाली मात्र लगाइन्छ, त्यो बाली असोजमा भित्र्याइन्छ । तत्काल बाली लगाउन नपाए खेती बाँझो रहने सम्भावना हुन्छ । “पोखरातिर अलपत्र परेका नागरिकलाई गृह जिल्लामा फर्काउने पहल गरेका हौँ”, सासंद तुलाचनले भन्नुभयो, “माथि पहिल्यैदेखि बसिरहेकाहरू बाहिरबाट गाउँले आउँदा कोरोनाको सङ्क्रमण हुने डरले त्रसित भएकाले समस्या भएको छ ।”

लकडाउनले पुस्तौँपुस्ताको व्यापार र स्थानीयवासीको दिनचर्या नै परिवर्तन गरिदियो । त्यसैले परापूर्वकालदेखि चलेको भनाइ ‘काफल पाक्यो, भोटे फक्र्यो’ यसपालिका लागि ‘काफल पाक्यो तर भोटे फर्केन’ भनेझैं भयो । तैपनि गाउँलेको आशा मरेको छैन । “हाम्रो ठूलो चुनौती भनेकै गर्मी हो”, छिरिङले आग्रहको भाकामा भन्नुभयो, “हाम्रो व्यथा बुझेर सरकारले चाँडोभन्दा चाँडो हामीलाई गाउँ जान दिए हुन्थ्यो ।”
––– (रासस)

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न दिन आवश्यक : मन्त्री बस्नेत

देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न...

वि.सं.२०८१ वैशाख ५ बुधवार १३:३०

  उर्जा जल श्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले...

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जुट्न आग्रह

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:०५

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा...