CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

अमेरिकामा १० नेपालीले जीवन गुमाए

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited
– मधुकर अधिकारी

७७वासिङ्गटन डिसी, ७ वैशाख:अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो ।

यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे । कोरोना भाइरसको ‘इपिसेन्टर’का रूपमा रहेको न्यूयोर्कमा भएको मृत्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ ।

अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको र सोनाम लामाको भने कोही आफन्त सम्पर्कमा नआउनुभएका कारण शव यकिन गर्न नसकिएको मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले राससलाई जानकारी दिनुभयो । भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

यसैबीच भण्डारीले नेपालीलगायत सबैको निधन दुःखद् भन्दै दिवङ्गत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको राससलाई जानकारी दिनुभएको छ । कोरोना भाइरसका कारणले विभिन्न मितिमा निधन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा रहनुभएको थियो ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विश्वव्यापीरूपमा भए जस्तै सङ्क्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई सङ्क्रमणबाट मुक्त गराउन सफल हुनुभएको आँकडा रहेको बताउनुहुन्छ । यसअघि अमेरिकामा करिब ५०० नेपाली सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।
––– (रासस)

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:४७

  काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:५२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...