CG Electronics
IME Life
NIMB

समस्यामा परेका दुई सय पचाँस परिवारलाई एनटीको राहत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं :कोरोना भाइरस (कोभिड १९) का कारण समस्यामा परेकालाई लकडाउनपछि हालसम्म २ सय ५० परिवारलाई राहत वितरण गरिएको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।
एकेडेमीमार्फत कागेश्वरी मनोहरा नगरपालिकाका १ देखि ९ वडा, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका मजदुर, गरिब, अपाङ, बाल आश्रम, बृद्धा आश्रम, सुकुम्वासीलगायतलाई राहत वितरण गरिएको छ । स्वास्थ्य चौकी र प्रहरी चौकीमा पनि स्वास्थ्य सामाग्री प्रदान गरेको एनटीएले पशुपंक्षि र बाँदरलाई पनि आहारा खुवाउदै आएको छ ।

स्वदेशी तथा विदेशी शुभचिन्तकको सहयोगमा हालसम्म करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको राहत प्रदान गरिसकेको खड्काले जानकारी दिए । कुल खर्चमा खड्काको पनि व्यक्तिगत ५० हजार रुपैयाँ योगदान रहेको बताइएको छ । सहयोगीहरुमा दिल गुरुङ (हङकङ), ईश्वरमान वज्राचार्य, मिन न्यौपाने, तिलक लामा, मन राई (युके), नन्द विष्ट, मधुसुदन सापकोटा, नवराज पुडासैनी, रोशनी तामाङ, बल तामाङ, पुनम लिम्बू, विशाल लिम्बू, तारा राई, हर्क राई, मोहन विक, निराजन कुइकेल (अस्ट्रेलिया), कृष्णकुमार कार्की (मकाउ), सैलेन्द्र जोशी, उत्तम खड्का, चित्र शेरचन, गिरीबहादुर सुनार, महादेव मैनाली, केशवकुमार कार्की, मोहन डोटेल (चीन), राम गिरी, सुशिलकुमार श्रेष्ठ    (जापान), मिङमार शेर्पा, रमेश कार्की (भारत), तीर्थराज घिमिरे, बासुदेव खड्का (मकाउ), विष्णु पाठक, मिठू गुरुङ     (युके), अन्जु कार्की (इज्रायल), राजीव महर्जन, राजेश र यशोदा खड्का (जापान), प्रेम पौडेल (अमेरिका), तारा क्षेत्री   (अमेरिका), अम्बर आले (अमेरिका), कर्ण बोहरा, तारा डाँगी (अस्ट्रेलिया) अन्जना केसी (अस्ट्रेलिया), विजय न्यौपाने, नरी चन्द (मकाउ), सविता श्रेष्ठ (युके), कल्पना कार्की (अमेरिका), र कल्पना क्षेत्री (अमेरिका) रहेका छन् ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...