नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो
Sunday May 17, 2020
वि.सं.२०७७ जेठ ४ आइतवार १७:१३

काठमाडौं :बाँकेको एक क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टिनमा मृत्यु भएका बाँकेको नरैनापुरका २५ वर्षीय युवकको मृत्यु भएको हो । युवाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । उनी केही दिनअघि भारतबाट आएको खुलेको छ ।
शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ । ३६ जना भने निको भएका छन् ।

























