सरकारको ऐतिहासिक निर्णय :लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक
Monday May 18, 2020
वि.सं.२०७७ जेठ ५ सोमवार २१:०६

काठमाडौं –आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ऐतिहासिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको हो । सुगौली सन्धि अनुसार महाकालीपूर्व रहेका लिम्पियाधुरासहितको भुभाग नेपालको भएपनि लामो समयदेखि नेपालको नक्साबाट छुटेको थियो।
सो भूभागलाई नेपालले आफ्नो बनाउने गरी भुमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो। सात वटा प्रदेश र सातसय त्रिपन्न वटै स्थानीय निकायको नामसहित नेपालको नयाँ नक्सा आज बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जनाए ।























