CG Electronics
IME Life
NIMB

फार्मेसी संचालकको हत्या अभियोगमा पक्राउ

NIMB
Himalayan Bank

मोरङ- बिराटनगर महानगरपालिका-१० मधुमारा चोक बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका-१२ घर भएका देवी पाथीभरा फार्मेसीका संचालक ३३ वर्षीय देवी प्रसाद दुलालको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका-१० पडहरिया टोल घर भई हाल मोरङ विराटनगर महानगरपालिका-४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने २१ वर्षीय ब्रहमदेव साह, सुनसरी इटहरी उपमहानगरपालिका-१२ बस्ने २० वर्षीय सोनु साह र मृतककी श्रीमती मिना श्रेष्ठ दुलाल रहेका छन् ।

आइतबार बिहान वेहोस भएको भन्दै उपचारको लागि विराटनगर गोल्डेन अस्पताल पुर्‍याउँदा दुलालको मृत्यु भएको घटनाको अनुसन्धानका लागि १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा उनीहरु ३ जनाले  दुलाललाई कर्तब्य गरी मारेको खुल्न आएपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

दुलाल दम्पत्तीबीच मनमुटाव झै-झगडा हुँदै आएको सन्दर्भमा मीना श्रेष्ठ र ब्रम्हदेव साहको योजनामा शनिबार राति दुलाललाई सुतेको अवस्थामा डोरीले घाँटीमा बाँधी मारेको र मृतककी श्रीमतीमिनाले छिमेकीलाई आफ्नो श्रीमान अचेत अवस्थामा रहेको भनी सम्पर्क गरी बोलाएर उपचारको लागि उक्त अस्पताल लगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनामा प्रयोग भएका मोबाइल ४ थान, सिमकार्ड ८ थान,पाउडरको बट्टा १ थान, कपडाको ब्याण्डेज १ थान, नाइलनको डोरी २ थान, सर्जिकल पन्जा ८ जोर, रगत लागेको बेडकभर १ थान, सिरानीको खोल १ थान, ब्ल्याङकेटको टुक्रा १ थान र चुडिएको सिक्री १ थान प्रहरीले बरामद गरेको छ । पक्राउ प्रतिवादीहरु उपर कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...