विश्वभर ३ लाख २४ हजारभन्दा बढीको मृत्यु, ४९ लाख ८८ हजारभन्दा बढी :कोरोना भाइरस
Wednesday May 20, 2020
वि.सं.२०७७ जेठ ७ बुधवार ११:३२

एजेन्सीः कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २४ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ भने ४९ लाख ८८ हजार ९ सय ९४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ५९ हजार १ सय ४९ जना संक्रमणबाट निको भएका छन् ।
बितेको २४ घण्टामा ४ हजार ५ सय ७० जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ७ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । २७ लाख १ हजार ९ सय ७९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ४ सय ४३ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६४ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ । १८ लाख १५ हजार ४ सय ३८ जना संक्रमित भएकोमा ७ लाख ९३ हजार ७ सय ६४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ३६ हजार ९६ पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २५ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ । ८ लाख ४१ हजार ६० जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ४ सय ७८ जनाको मृत्यु भएको छ । ४ लाख ८७ हजार ६ सय ५७ जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ९ सय २४ जनाको ज्यान गएको छ भने ९३ हजार २ सय २८ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलिया सहित ओसिनियाका मुलुकहरुमा १ सय २१ जनाको मृत्यु भएको छ । ८ हजार ६ सय ७५ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९३ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ । १५ लाख ७० हजार ५ सय ८३ जना संक्रमित भएका छन् । यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९९ हजार ९ सय ४१ जना संक्रमित भएका छन् भने २ हजार सय ८३७ जनाको मृत्यु भएको छ ।






















