CG Electronics
IME Life
NIMB

बाणिज्य बैंकहरूकाे प्रतिसेयर आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा २ रूपैयाँ ३७ पैसाले घटे

NIMB
Himalayan Bank

काठमाडौं –चालु आर्थिक वर्ष (आव) २०७६/०७७ को तेस्रो त्रैमासमा वाणिज्य बैंकको बेसिक प्रतिसेयर आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा  घटेको छ । संचालनमा रहेका सबै बाणिज्य बैंकहरूकाे प्रतिसेयर आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा २ रूपैयाँ ३७ पैसाले घटेकाे हाे ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण चालु आवकाे चैत मसान्तमा उनीहरुको बेसिक प्रतिसेयर आम्दानी २२.३४ रुपैयाँ छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकको बेसिक प्रतिसेयर आम्दानी २४.७१ रुपैयाँ थियो ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अधिकांशको प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर बढाउने बैंकमा सेञ्चुरी, एभरेष्ट, हिमालयन, मेगा र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल रहेका छन् ।

प्रतिसेयर आम्दानीका हिसाबले सबैभन्दा अगाडि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ । सर्वसाधारण सेयर जारी नगरेको यो बैंककाे प्रतिसेयर आम्दानी ४४.९६ रुपैयाँ छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.८५ रुपैयाँले घटी हो । अघिल्लो आवको चैत मसान्तमा बैंकको प्रतिसेयर आम्दानी ५१.८१ रुपैयाँ रहेको थियो ।

यस्तै, नबिल बैंक ४१ रुपैयाँ, एभरेष्ट बैंक ३७, एनआईसी एसिया बैंककाे ३४, हिमालयन बैंक ३२ र स्ट्यान्डर्ड चार्टर्ड बैंक ३० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । बाँकी अरु बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँभन्दा तल छ । सबैभन्दा कम सिभिल बैंकको ६ रुपैयाँ रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकहरूकाे वितरणयोग्य प्रतिसेयर आम्दानी पनि १०.७१ रुपैयाँले घटेको छ । गत आवको चैत मसान्तसम्ममा १६.५८ रुपैयाँ रहेको बैंकहरूको औषत वितरणयोग्य प्रतिसेयर आम्दानी ५.८७ रुपैयाँमा सीमित भएकाे छ ।

जसमध्ये नबिल बैंकको सबैभन्दा बढी वितरणयोग्य प्रतिसेयर आम्दानी छ । नविल बैंकको चालु आवको चैत मसान्तसम्ममा २७.६७ रुपैयाँ वितरणयोग्य प्रतिसेयर आम्दानी रहेको छ । जुन गत आवको सोही अवधिमा ३४.३९ रुपैयाँ थियो ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकहरुको रिटर्न अन इक्विटी(आरओई) हेर्ने हो भने अधिकांश बैंकको घटेको छ । एक वर्षको अवधिमा बैंकहरुबाट लगानीकर्ताले पाउने प्रतिफल, आरओई घटेर १३.७६ रुपैयाँमा झरेको छ । जुन गत आवको सोही अवधिमा १५.६३ रुपैयाँ रहेको थियो ।

जसमध्ये एनआईसी एशिया बैंकको आरओई सबैभन्दा बढी अर्थात २३.९२ रुपैयाँ रहेको छ । सबैभन्दा घटी सिभिल बैंकको ५ रुपैयाँ रहेको छ ।

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...