CG Electronics
IME Life
NIMB

राष्ट्रपति भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना

NIMB
Himalayan Bank

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन पर्वहरुले प्रेरित गर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिनुहुँदै जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा पर्वहरुले टेवा पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
उहाँले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिलाई केन्द्रमा कायम राख्दै गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिनुहुँदै भन्नुभयो, “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै गरिने अहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।”

उहाँले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको चर्चा गर्दै भन्नुभयो, “यस्ता विशेषताहरु यहाँ मौलिक पूँजीको रुपमा रहेका एकता छन् । सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ ।”
उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान समेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु नेपालमा सम्मानित र संरक्षित छन् ।”

उहाँले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित ढङ्गले चार्डपर्व मनाउन पनि आह्वान गर्नुभएको छ । यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह गर्नुभएको छ ।
उहाँले इदुल फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको चर्चा गर्नुभएको छ ।  उहाँले भन्नुभयो, “यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।”
मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशी साटासाट गर्दै ईद (इदुल फित्र) पर्वलाई मनाउने गर्छन् । अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ ।

यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ । रमदान अवधीभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ ।
अरवी भाषामा ईद भन्नाले खुशी र फित्रले दान भन्ने अर्थ दिन्छ । ईद पर्वमा ईदगाह (खाली मैदान) व ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी (नमाज) पढ्ने चलन छ । यसै दिन गरिव र दीनदुःखीहरुलाई फित्र (दान) दिने चलन पनि इस्लाम समुदायमा छ । मुस्लिम समुदायमा वार्षिक कमाइको दुई दशमलव पाँच प्रतिशत दान गर्नै पर्ने नियमलाई अरवी भाषामा जकाव भनिन्छ । एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम चन्द्रमाको दिन दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने चलन छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...