CG Electronics
IME Life
NIMB

प्यारामाउन्ट मोटर्सको सत्य तथ्य बारे जानकारी

NIMB
Himalayan Bank

काठमाडौं – हालै विभिन्न संचार मध्यमहरुमा प्रकाशित यस संस्था र विद्युतीय सवारी साधन सम्बन्धि विभिन्न समाचारहरु प्रति कम्पनीको ध्यानाकर्षण भएको छ । समाचारहरुमा सरकारी सूचना चुहावट गरी÷गराई अनावश्यक लाभ लिन बजेटको एक दिन अगाडि सवारी साधन भित्र्याउन यो संस्थाको भूमिका रहेको भन्ने कपोलकल्पित नकारात्मक समाचारहरुले अनावश्यक भ्रम फैलाउनुका साथै हाम्रो मान प्रतिष्ठामा पनि आँच पुर्याएको छ, त्यसैले यस बिषयमा हामी हाम्रा ग्राहकवर्ग एवं जनसमुदायलाई यस प्रेस विज्ञप्तिद्वारा त्यस्ता भ्रामक समाचारहरुबाट विचलित नहुनका लागि अनुरोध गर्दछौं ।
पारामाउन्ट मोटर्सले सधैं आफ्ना ग्राहकको हितमा समर्पित रहेर सेवा पुर्याउदै आइरहेको छ र आगामि दिनमा पनि त्यसरी नै सेवा पुर्याउन प्रतिबद्ध रहेको सबैलाई विश्वास दिलाउन चाहन्छौं ।

हामीले केहि महिना अगाडि हाम्रा ग्राहकले अग्रिम बुकिङ्ग गरेको आधारमा एमजी मोटर्सका विद्युतीय सवारी साधनको प्रतितपत्र (एलसी) खोलि आयात गरेका थियौं र सोहि क्रममा ती सवारी साधनहरु नेपाल भित्रिन थालेका थिए । यसरी विभिन्न समयमा खोलिएका प्रतितपत्र अन्तर्गतका सवारी साधन नेपाल ल्याउने क्रममा नेपाली सीमामा आई पुगेका थिए र भन्सार छुटाउनु अघि ड्राइ पोर्टमा धेरै दिन कन्टेनरमा सवारी साधन राख्नु पर्दा ढिलाई बापतको क्षति (म्झगचचबनभ) शुल्क तिर्नु पर्ने हुनाले हामीले सधैं समयमै भन्सार छुटाई सवारी साधनलाई नेपाल भित्र्याउने गरेका थियौं र सोहि अनुसार उल्लिखित मितिमा हामीले यी सबै सवारी साधन पनि नेपाल भित्र्याएका हौं ।

कम्पनीको सबै सवारी साधन केहि महिना अगाडि नै नेपाल आई पुग्नु पर्ने थियो तर कोभिड१९ का कारण ढिलाई हुन पुग्यो त्यसैले बजेटलाई मध्ये नजर गरि झिकाईएको भन्ने समाचार पनि गलत भएको पुष्टि गर्दछ ।

कम्पनीले विभिन्न मितिमा सबै सवारी साधन चलान गरि नेपाल पठाएकोले त्यसरी नै हामीले प्राप्त गरेको र सोहि अनुसार भन्सार छुटाई नेपाल भित्राएका हौँ । हामीले हाम्रा ग्राहकले अग्रिम बुकिङ्ग गरेका माथि उल्लेखित १२० यी सबै सवारी साधन सोहि बुकिङ्ग मुल्यमा नै बुकिङ्ग प्राथमिकताको आधारमा आफ्ना ग्राहकलाई हस्तान्तरण गर्ने र यसमा नयाँ भन्सार दरबाट पर्न आउने कुनै पनि असर नपर्ने हुँदा विभिन्न समाचार मार्फत यस कम्पनीलाई बढेको करबाट अनावश्यक फाइदा लिन खोजेको भनेर लगाइएको आरोप गलत र झुटो रहेको स्पष्ट पार्न चाहन्छौं ।

पारामाउन्ट मोटस प्रा. लि. का जनरल म्यानेजर सचिन अर्याल भन्नु हुन्छ, “पारामाउन्ट मोटर्सबारे पछिल्ला केहि दिनमा संचारमाध्यममा प्रकाशित समाचारहरुले हामीलाई निराश बनाएको छ । एमजी मोटर्सका गाडी नेपाल भित्रिनु र बजेट भाषणसँग यसको कुनै सम्बन्ध नरहेको पनि यहाँहरु समक्ष जानकारी गराउन चाहान्छौं । हामीले सम्पूर्ण प्रक्रिया पुरा गरेर प्रतितपत्र अनुसार ड्राइ पोर्टमा पुगेका गाडीहरु भित्र्याएका हौं र हामी सधैं पारदर्शी नैतिक व्यवसाय गर्न समर्पित रहेको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं । साथै यो कम्पनी आफ्ना ग्राहकको हितमा समर्पित रहेर उच्च स्तरिय सेवा पुर्याउन सदैव कटिवद्द रहेको र रहिरहने पनि अवगत गराउछौं । र, संचारमाध्यमहरुमा आएका भ्रामिक समाचारहरुले ग्राहकवर्गमा नकारात्मक सन्देश प्रवाह हुने हुँदा समग्र संचारकर्मीहरुलाई समाचारको सत्य तथ्य बुझेर प्रकाशन गरिदिनु हुन आग्रह गर्दछौं ।”

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...