नेपाल इन्स्योरेन्सको ७१ औं वार्षिक साधारण सभा असार ५ गते हुने
Monday Jun 08, 2020
वि.सं.२०७७ जेठ २६ सोमवार १८:२६

काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीले कोरोना भइरसका कारण रोकिएको ७१ औं वार्षिक साधारण सभा असार ५ गते डाकेको छ । सभा कम्पनीको पुरानो भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस अघि चैत २१ गते बोलाएको साधारण सभा कोरोनाका कारण स्थगित भएको थियो ।
साथै, न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ । कम्पनीले भिडियो कन्फरेन्समार्फत पनि सभामा सहभागी हुन सकिने बताएको छ ।
सभामा भिडियो कन्फरेन्स मार्फत पनि धारणा राख्न सकिन्छ । यसका लागि सभा हुनु भन्दा २ दिनअघि नै कम्पनीमा आफ्नो नाम टिपाउनु पर्नेछ । कम्पनीले लगानीकर्तालाई ७.८९% लभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजन सहित २.८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।























