IME Life
NIMB

पुँजीबजार लामो समय बन्द गर्न हुँदैनः अर्थमन्त्री

NIMB
Himalayan Bank

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले पुँजीबजार धेरैको आर्थिक उपार्जनसँग जोडिएकाले लामो समय बन्द गर्न नहुने बताएका छन् ।नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले बजार सञ्चालनका लागि आवश्यक तयारी गर्न धितोपत्र बोर्ड र सरोकारवाला निकायलाई निर्देशन समेत दिए । सधैं लकडाउन गर्ने भन्ने हुँदैन, अब बजार पनि चलाउनु पर्छ, यसकारण तयार भएर बस्नुस्,’ उनले भने ।

हाल दोस्रो बजार इक्विटी (सेयर) को मात्र बाहुल्य रहेकाले अब नियमित रूपमा ऋणपत्रको पनि कारोबार हुने व्यवस्था गर्न उनले बोर्डलाई निर्देशन दिए । सरकारी ऋणपत्र र कर्पोरेट ऋणपत्रको संख्या धेरै छ,’ उनले भने, भोलिका दिनमा औद्योगिक ऋणपत्र पनि आउलान् । अब ऋणपत्रको बजार पनि नियमित र प्रभावकारी बनाउनु पर्छ ।’

नेपालमा साख मूल्यांकन (क्रेडिट रेटिङ) सुरु भए पनि त्यसप्रति विश्वस्त हुने अवस्था नभएको बताउँदै त्यसलाई थप विश्वसनीय बनाउन बोर्डको भूमिका महत्त्वपूर्ण भएको उनले बताए । पुँजीबजारमा सर्वसाधारणको सहभागितालाई सुनिश्चित हुने खालको वातावरण बनाउन पनि उनले निर्देशन दिए ।

ससानो जोखिम लिन सक्ने र नसक्ने गरी दुई किसिमका लगानीकर्ता हुन्छन्,’ उनले भने, ‘जोखिम लिन सक्नेलाई गुणस्तरीय सेवाको सुनिश्चितता र नसक्नेलाई सामूहिक लगानी कोषमार्फत बजारमा सहभागी बनाउनुपर्छ ।’

नेपाली पुँजीबजारलाई सार्क स्तरीय बनाउन पनि उनले सुझाए । कोभिड–१९ को असरले दक्षिण एसियाली क्षेत्रका अर्थतन्त्र कम मात्र प्रभावित भएकाले कोरोनापछि ती राष्ट्रले छिटो आर्थिक उन्नति गर्ने सम्भावना रहेकाले सार्कस्तरमा पुँजी बजारको पहुँच विस्तार गर्न उनले सुझाएका हुन् ।

कोभिड–१९ को असरले खस्किएको अर्थतन्त्रको आत्मबल बढाउन वित्तीय क्षेत्रका नियामक निकाय मिलेर अघि बढ्नुपर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

धितोपत्र बोर्ड, बिमा समिति र राष्ट्र बैंकको भूमिका फरक भए पनि ती क्षेत्र अन्तरसम्बद्ध भएकाले तीनवटै निकायले संयुक्त रूपमा काम गरी अर्थतन्त्रको मनोबल उकास्न सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

पुँजी बजारमा वित्तीय क्षेत्रको बाहुल्य रहेको तर्फ लक्ष्य गर्दै उनले भने, ‘पुँजीबजारमा वास्तविक क्षेत्रका थप कम्पनी भित्र्याउनु जरुरी छ ।’ पुँजीबजारको विकास र विस्तारका लागि आगामी मौद्रिक नीतिमार्फत आवश्यक नीतिगत व्यवस्था गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले बताए । ‘के कस्तो व्यवस्था गर्नुपर्ने हो, सबै सरोकारवालाबाट उपयुक्त सुझाव आओस्,’ उनले भने ।

बजारलाई धेरै समय बन्द गर्ने पक्षमा आफूहरू नरहेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको भनाइ छ । बजार बन्दलाई लामो अवधिसम्म जान दिनुहुँदैन भन्नेमा हामी सचेत छौं । सम्बद्ध पक्ष नेप्से, सीडीएससी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकरलगायत लगानीकर्तासँग के कसरी सहज रूपमा कारोबार सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘अवस्था सहज हुनासाथ बजार खुल्छ ।’

तीव्र गतिले कोरोना फैलिरहेकाले यसअघि दुई दिन खुलेको बजार बन्द गर्नुपरेको उनले बताए । ‘कोरोनाको संक्रमण अत्यधिक फैलिन सुरु भएको, जसबाट लगानीकर्ताको बजार पहुँच सहज हुन नसकेको र बहुमत लगानीकर्ता अनलाइन कारोबारमा आबद्ध हुन नसकेकाले सरकारसँगको समन्वयमा पुनस् लकडाउन अवधिभरका लागि दोस्रो बजार कारोबार बन्द गरिएको हो,’ उनले थपे ।

केही वर्षयता बजारमा उल्लेख्य विकास भए पनि त्यो पर्याप्त नरहेको उनको भनाइ छ । बजार नियमन तथा सुपरिवेक्षण प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउनु पर्ने, पुँजी बजारमा सूचीकृत कम्पनी तथा लगानी उपकरणमा विविधता ल्याउन संस्थागत सुशासनको पक्षलाई सृदृढ गर्न, वित्तीय साक्षरता अभिवृद्धिका साथै वस्तु विनिमय बजारको प्रभावकारी नियमन गर्नेलगायत चुनौती बोर्डसामु छन्,’ उनले भने, ऋणपत्र र ओटीसी बजारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ ।’

आगामी आर्थिक वर्षमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बनाउँदै लैजाने सोहीअनुरूपका नीति तथा कार्यक्रम अघि सारिएको उनले बताए ।

०५० जेठ २५ मा पुँजीबजारको नियामक निकायका रूपमा धितोपत्र बोर्डको स्थापना भएको हो । तीन वर्षअघि सरकारले वस्तु विनिमय बजारको पनि नियमन गर्ने अधिकार दिएको हो । तर हालसम्म वस्तुबजार एक्सचेन्ज कम्पनीलाई पनि अनुमति दिन सकेको छैन ।

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...