Nabil Bank
prabhubank
nic bank

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो प्यानलको उम्मेलवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणासभामा ढकालले कोरोनाबाट सिर्जना भएका चुनौतीहरु परास्त गर्दै आर्थिक रुपमा समुन्नत नेपाल बनाउने अभियानमा सधैं काम गर्ने बताए ।

आफ्नो समूहमा अनुभव र विश्वासले खारिएका व्यवसायीहरु रहेको उल्लेख गर्दै उनले हरेक क्षेत्रका व्यवसायीहरुका समस्या सम्बोधन गर्न सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे । उनले अध्यक्षका दाबेदार शेखर गोल्छाको भूमिकाप्रति भने आपत्ति जनाए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान कायम राख्न आफूले खेलेको भूमिका गोल्छाले भूलेको आरोप उनले लगाए ।

‘वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौँ र त्यसको मर्मलाई अहिले कसले मार्दैछ रु त्यो केका लागि रु केही महिनाअघि नेतृत्वमा बसेका साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लबिङ गरेको थियो रु’ उनले भने, ‘भविष्यमा हामी जे गरौला गरौँला अहिले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै अध्यक्ष पाउनुपर्छ भनेर ठूलै मिहेनत नगरेको भए सायद आज चुनाव फरक हिसाबको हुन्थ्यो होला । यो कुरा हेक्का राख्नुपर्छ ।’

ढकालले आफ्नो प्यानलले विजयी हुने दाबी गर्दै त्यसपछि गोल्छा नेतृत्वलाई सघाउन तयार रहेको प्रष्ट पारे । ढकाल समूहबाट जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार बनेका छन् ।

साउन २६ र २७ गतेबाट हुने महासंघको चुनावी अधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । यद्यपि, अहिलेसम्म प्रधान समूहको उम्मेदवारी घोषणा भएको छैन ।

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ५ शनिवार १७:२६

  काठमाडौँ यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो : यमन सिंह बोहरा

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो :...

वि.सं.२०८१ जेठ ५ शनिवार १६:५८

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहप्रशासक तथा त्रिवि शैक्षिक...

सशस्त्र प्रवक्ताको जिम्मेवारी डिआईजी न्यौपानेलाई

सशस्त्र प्रवक्ताको जिम्मेवारी डिआईजी न्यौपानेलाई

वि.सं.२०८१ जेठ ५ शनिवार १३:०९

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक...

गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन

गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार...

वि.सं.२०८१ जेठ ५ शनिवार १२:५४

  काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार...

एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल

एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो...

वि.सं.२०८१ जेठ ५ शनिवार १२:३९

  ‘एनेस्थेसियोलोजिष्टको जिम्मेवारी भनेकै अपरेशन अगाडि र पछाडिसम्म बिरामीलाई हेर्नु...

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:३२

  काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीको...