CG Electronics
IME Life
Ncell NPL

सनराइज बैंकको विवाद साम्य

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited
सनराइज बैंकमा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ ।
साता दिनदेखि चरमोत्कर्षमा पुगेको सञ्चालक र सिइओबीचको विवाद नेपाल राष्ट्र बैंकको मध्यस्तकर्तामा केही समयका लागि साम्य भएको हो ।
हिजो मध्यान्ह बसेको संचालक समितिको बैठकले विवाद समाधान गरेको हो ।
 प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकराज शर्मा पौडेलसँग बैंक सञ्चालक समितिले किन बर्खास्त नगर्ने भन्ने प्रश्न गरेपछि त्यहाँ विवादले उग्र रुप लिएको थियो । गत ८ साउन गते बैंकले शर्मालाई तीन दिनको समय सीमा तोकेर सफाइ पेश गर्न भनेको थियो । यही बीचमा यो इस्यु नेपाल राष्ट्र बैंकसम्म पुग्यो ।
व्यवस्थापकले बैंकका सीईओको व्यवस्थापकीय क्षमतामा नै प्रश्न गरेका थिए । ६ बुँदे  पत्र काट्दै मोतीलाल दूगडले सिइओ पौडेलमाथि लागेका आरोपको सम्बन्धमा सफाइ मागेका हुन् ।
नेपाल राष्ट्र बैंकले विवाद मिलाएर अघि नबढे बैंकमा हस्तक्षेप गर्ने चेतावनी दिएपछि बैंकले आन्तरिक रुप मै विवाद समाधान गरेको हो ।
बैंकका सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दिएको स्पष्टीकरण चित्तबुझ्दो भएकोले सीइओमा उनलाई नै निरन्तरता दिने गरी सहमति भएको बताएको छ । अब सीइओमा जनकराज शर्मालाई नै निरन्तरता दिने र कुनै पनि पक्षले यस विषय पुन उठान नगर्ने र दुवै पक्ष मिलेर अघि बढ्ने गरी सहमति भएको छ ।
अध्यक्षलाई पत्र लेख्नेहरूमा ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, बच्छराज तातेड, शैलेन्द्र गुरागाइँ र मालचन्द दुगडलगायतका सञ्चालकहरू रहेका छन् । उनीहरूले साउने सक्रान्ती कै दिन अध्यक्षलाई सीईओको व्यवस्थापकीय क्षमता माथि गम्भिर प्रश्न उठेको भन्दै संयुक्त रुपमा पत्राचार गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दिएको स्पष्टीकरण चित्तबुझ्दो भएकोले सीइओमा उनलाई नै निरन्तरता दिने गरी सहमति भएको स्रोतले जनाएको छ ।  स्रोतका अनुसार सीइओमा शर्मालाई नै निरन्तरता दिने र कुनै पनि पक्षले यस विषय पुन उठान नगर्ने र दुवै पक्ष मिलेर अगाडी बढ्ने गरी सहमति भएको हो ।
सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...