Nabil Bank
prabhubank
nic bank

सहूलियपूर्ण कर्जा दिन एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं – सहूलियपूर्ण कर्जा दिन एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता भएको छ । स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदी ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले एनएमबि बैंकमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुन् ।

यस अन्तर्गत दोस्रो पक्षले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरि सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने छ ।

साथै, एनएमबि बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ ।

एनएमबि बैंकले १६९ शाखा, ५ विस्तारित काउन्टर र १३३ एटीएम मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न

सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ...

वि.सं.२०८१ जेठ ७ सोमवार ०४:००

  काठमाडौं । सिजि नेस्क्टजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड...

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:१९

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ...

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी र आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी...

वि.सं.२०८१ जेठ ६ आइतवार १४:३४

  नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

एम.ए.डब्लू. हायर पर्चेज  (एमएचपीएल)ले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

एम.ए.डब्लू. हायर पर्चेज  (एमएचपीएल)ले ल्यायो आफ्ना ग्राहकका...

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२९

  जेठ ६, २०८१, काठमाडौँ, आजको डिजिटल युगमा हरेक उद्‌योगका...

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो पटक किनमेल बजार

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो...

वि.सं.२०८१ जेठ ६ आइतवार १०:४५

  काठमाडौं । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं...

विलिङ बिंगो इभी नेपालमा सार्वजनिक

विलिङ बिंगो इभी नेपालमा सार्वजनिक

वि.सं.२०८१ जेठ ६ आइतवार ०७:५२

  काडमाडौं । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो इभी मोडल नेपाली...