CG Electronics
IME Life
Ncell NPL

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक ल्याए

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – नेपाल टेलिकमले सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । टेलिकमले बुवाको मुख हेर्ने दिन ९कुसे औंसी० को अवसरमा कार्यान्वयन हुने गरी पठनपाठनमा उपयुक्त हुने उक्त प्याक ल्याएको हो ।

निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ ।

सो प्याकेज अन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई(लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

यसैगरी, ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई(लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा पठाउनु पर्नेछ ।

सिफारिश प्राप्त भएका नम्बरलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट ८ज्ञद्धद्धज्ञ३ डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल ९टुजी, थ्रिजी र फोरजी० को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ ।

विद्यार्थी अफर अन्तर्गत ८ज्ञटण्ण्३ मा डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट ८ज्ञद्धद्धज्ञ३ डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नेछन् ।

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:४९

  काठमाडौँ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि...

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि पुनः सञ्चालन

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि...

वि.सं.२०८२ चैत १५ आइतवार १०:२६

  काठमाडौं। नेपाल टेलिकम को मोबाइल डाटा तथा एफटीटीएच (FTTH)...

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघको वेबिनार सम्पन्न

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान...

वि.सं.२०८२ फागुन २६ मंगलवार २१:४१

काठमाडौं । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघ...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि...

वि.सं.२०८२ फागुन २६ मंगलवार २१:१७

  काठमाडौं, ५ मार्च २०२६ — विश्वव्यापी प्रविधि कम्पनी याङ्गो...

एनसेलको डिजिटल विस्तार : VoLTE रोमिङदेखि २५० मिलियन डलर लगानी प्रस्ताव

एनसेलको डिजिटल विस्तार : VoLTE रोमिङदेखि २५०...

वि.सं.२०८२ फागुन १६ शनिवार ०९:१५

  काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले डिजिटल पूर्वाधार...