निषेधाज्ञामा पनि तनावग्रस्त पुल्चोक: ट्राफिक प्रहरी माथि निर्घात कुटपिट…(भिडियो सहित)
Thursday Sep 03, 2020
वि.सं.२०७७ भदौ १८ बिहीवार १८:२८
काठमाडौँ । निषेधाज्ञाका बीच सयौंका संख्या युवाहरुले रातो मच्छिद्रनाथको रथ तानेर सडकमा ल्याएपछि तनावग्रस्त भएको छ ।
स्थानीय युवा र गुठियारले रातो मच्छिन्द्रनाथको रथ तान्न थालेपछि भीड रोक्न प्रहरीले पानीको फोहोरा हानेपछि स्थिती तनावग्रस्त भएको हो । त्यहाँ आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।ललितपुरको पुल्चोकमा प्रहरीले रथ तान्नेहरुलाई रोक्न अश्रुग्याँस प्रहार गरेको छ । कोरोना भाइरस महामारी भएका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् ।
तर मलमास शुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पुर्याइ सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले स्वतःस्फूर्त रथ तान्ने प्रयास गरेपछि प्रहरीले रोकेको हो ।अहिले ललितपुरको पुल्चोकमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । चैत २७ गतेदेखि रथ निर्माण शुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण शुरु भएको थियो ।
त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले शुरु हुन सकेको छैन ।























