कुटिएका ट्राफिक जवानलाई भेट्न अल्का अस्पतालमा पुगे प्रमुख एसएसपी भीम ढकाल
Thursday Sep 03, 2020
वि.सं.२०७७ भदौ १८ बिहीवार २१:३२

काठमाडौं । बिहिबार दिउँसो रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शनकारीले कुटपिट गरी घाइते बनाएका ट्राफिक प्रहरी जवानलाई ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भेटेका छन् ।
उनी प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई भेट्न जावलाखेलस्थित अल्का अस्पतालमा पुगेका थिए । उनले कोरोनासंक्रमणको रोकथामको लागि अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीमाथि कुटपिट गर्नु अमानवीय र कानुनविपरीत भएको बताए ।
उनले यस्तो गर्नेलाई पक्राउ गरि कानुनी कारबाही गरिने बताए । प्रदर्शनकारीका कुटपिटबाट घाइते भएका ट्राफिक प्रहरी जवान घिमिरेको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
आज दिउँसो निषेधाज्ञा तोड्दै स्थानीयले पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तानेपछि पुल्चोकमा प्रहरी र स्थानीयबीच झडप भएको थियो । कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस भेला भएर रथयात्रा सुरु गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।























