CG Electronics
IME Life
NIMB

‘दुवै मिर्गौला फेल बेघाको उपचारको लागि सहयोगको अपिल’, जीवनका लागि संगीत यात्रा (भिडिओसहित)

NIMB
Himalayan Bank


काठमाडौं । दुवै मिर्गौला फेल भएकी दमक नगरपालिका वडा नम्बर–०५ झापा स्थायी घर भएकी पदम कुमारी बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ हुने भएको छ । पदम कुमारी बेघा बचाउ अभियान र युथ ग्रुप नेपाल प्रा.ली.को आयोजनामा उक्त संगीत यात्रा देशका मुख्य–मुख्य शहरमा सञ्चालन गरिने जनाईएको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दुवै मिर्गौला फेल भएकी बेघाको उपचारमा सहयोगको लागि आयोजक संस्थाहरूले अपिलसमेत गरेका छन् । पीडित बेघाका छोरा अविन मेन्थ्याङ्बोले दिएको जानकारीअनुसार हालसम्म आमाको उपचारको लागि झापाका लायन्स क्लबहरुले ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै युथ ग्रुप नेपाल प्रा.ली.का प्रवन्ध निर्देशक अशोक क्षेत्रीले बेघाको उपचारको लागि अपिल गरे । र, क्षेत्रीले आफूहरुले उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नै संगीत यात्रा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । उनले भने,‘यो कार्यक्रममार्फत जुट्ने सबै रकम उहाँको उपचारमा खर्च गर्छौं ।’
त्यस्तै, गायक राज लावुङले बेघाको उपचारको लागि आफूले गीत तथा संगीतसम्बन्धी सम्पूर्ण संघ÷संस्थाहरुलाई अपिल गर्ने र आफू सांगीतिक यात्रा अवधिभर साथै रहनेपनि विश्वास दिलाए । कार्यक्रमको सञ्चालन भने अविन मेन्थ्याङ्बोले गरेका थिए । मिर्गौला पीडित बेघाका एकमात्र छोरा छन् । उनी पछिल्लो दुई वर्षदेखि किड्नीको समस्यामा झेल्दै आएकी छिन् ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...