CG Electronics
IME Life
NIMB

अवैध लागूऔषध सहित पक्राउ

NIMB
Himalayan Bank


काठमाडौं। बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब ५ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर र नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राभेट सहित दाङ घोराही उपमहानगरपालिका-११ पुरानो बसपार्क बस्ने २६ वर्षीय संजय बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । पर्सा, पटेर्वासुगौली गाउँपालिका-२ बंखुलबाट १ किलो ८ सय ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वासुगौली गाउँपालिका-३ बस्ने ६० वर्षीय दुखि मिया अन्सारी र मकवानपुर मनहरी गाउँपालिका-३ हारीखोला बस्ने ५० वर्षीया सिता रिजाल रहेका छन् । प्रहरी चौकी रंपुरटाडी पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१९ जैमुरे बस्ने २१ वर्षीय समिर गुरुङलाई करिब ३ सय ५० ग्राम लागूऔषध गाँजा, ७ एम्पुल नुर्फिन, ७ एम्पुल फेनारगन र ७ एम्पुल डाईजेपाम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । गुरुङले लागूऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई घर नजिकैबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...