कुमारी बैंकका ग्राहकहरुलाई होटेल ल्याण्डमार्कमा ३० प्रतिशतसम्म छुट
Monday Oct 05, 2020
वि.सं.२०७७ असोज १९ सोमवार १७:४९

काठमाडौं । कुमारी बैंक र होटेल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०५, विशेष प्याकेजहरुमा ५५, खानपानमा १५५ सम्मको छुट लगायत सोही होटेलररिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरे ।
सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा सहजता पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।
























