बैंक अफ काठमाण्डूले शेयरधनीलाई १६ प्रतिशत लाभांश
Monday Oct 05, 2020
वि.सं.२०७७ असोज १९ सोमवार १८:४४

काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि० वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई श्री नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो ।
























