प्रभु बैंकले श्रीनगरमा २०९औं शाखा कार्यालय सञ्चालन
Sunday Oct 11, 2020
वि.सं.२०७७ असोज २५ आइतवार २०:२४

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा २०७७ असोज २५ देखि सल्यानको शारदा नगरपालिका वडा नं।१ स्थित श्रीनगरमा २०९औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगरशाखा कार्यालयको समुद्घाटन शारदान गरपालिकाका मेयर सुंरेश अधिकारीले गर्नु भएको हो ।
बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सुरेश अधिकारीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
बैंकको श्रीनगरमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका नर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

























