आइएमई पे ले ल्यायो दसैँको किनमेलमा ३०% अफर
Sunday Oct 11, 2020
वि.सं.२०७७ असोज २५ आइतवार २१:२५

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा ३० ५ क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।
किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ता कपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुनेछ ।
यो अफरसँगै कोरोना भाइरस ९कोभिड–१९० को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।

























