अमेरिकी डलर भाउ आज सोमबार स्थिर
Monday Oct 12, 2020
वि.सं.२०७७ असोज २६ सोमवार १२:२६
काठमाण्डौ । अमेरिकी डलर भाउ आज सोमबार स्थिर रहेको छ भने युरो र पाउन्ड स्टेर्लिङको बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको आज स्थिर रहेको हो। आज प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको छ।
हिजो आइतबार डलरको भाउ १७ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको थियो। आज युरोको भाउ पनि २९ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३८.०३ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि युरोको भाउ पनि ३२ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३७.७४ रुपैयाँ र बिक्रीदर १३८.४४ रुपैयाँ कायम भएको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ १।२२ रुपैयाँले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.३० रुपैयाँ र बिक्रीदर १५९.०९ रुपैयाँ कायम भएको छ।