मुख्य खबर

सरकारले आजदेखि विदेशी टिभी च्यानलहरूमा ‘क्लिन फिड’ नीति लागू

  • आर्थिक प्लस संवाददाता

    २०७७ कार्तिक ७ गते, शुक्रबार २०:४४ मा प्रकाशित

काठमाडौं । सरकारले आजदेखि विदेशी टिभी च्यानलहरूमा ‘क्लिन फिड’ नीति लागू गरेको छ । अब नेपालमा प्रसारित हुने विदेशी टिभी च्यानलहरूमा विज्ञापन नबज्ने भएका हुन् ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित बनाउनका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभएको थियो ।

मन्त्री गुरुङले शुक्रबार ९आज० देखि क्लिन फिड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिनुभएको हो ।

मन्त्री गुरुङका अनुसार विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने व्यवस्था गरेअनुसार नै तयारी पूरा भएको बताउनुभएको थियो ।

उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख छ ।