Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ ।

बुधबार होटल सोल्टीमा दाहाल र थानीले पहिला वान टु वान भेटवार्ता गरेका छन् भने अहिले डेलिगेसन स्तरमा दुइपक्षीय बैठक भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकपछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगस लगायत विविध पाँच समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी भएर आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार दिउँसो काठमाडौं आएका हुन् ।

शेख थानीले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरे । थानी मंगलाबर राष्ट्रपति पौडेलले शितल निवासमा आयोजन गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...